सप्तरी २ मा मतगणना रोकियो

मंगलबार, ६ मंसिर, २०७९
डिजिटल संस्करण

सप्तरी २ को मतगणना रोकिएको छ । मतपेटिकाको सिल नम्बर फरक रहेको भन्दै प्रतिनिधिले आशंका व्यक्त गरेपछि भएपछि मतगणना रोकिएको हो । 

मंगलबार साँझ सवा ९ बजेतिर मतपेटिकाको सिल नम्बर फरक देखिएको दलका प्रतिनिधिहरूको आरोप छ । पेटिकाको सिल नम्बर मिलाउन पटक–पटक आग्रह गर्दा प्रमुख निर्वाचन आयुक्तले नम्बर मिलाउन नमानेको जनता समाजवादी पार्टीका दिनेश यादवले दावी गरे । 

सिल नम्बर मिलाउन नमानेपछि माओवादी र लोकतान्त्रिक समाजवादीका नेता कार्यकर्ताले अहिले मतगणनास्थलअगाडि प्रदर्शन गरिरहेका छन् । नम्बर मिलाएपछि मात्रै गणना सुरु गर्नुपर्ने उनीहरूको माग छ । 

मणनास्थलमै दलका कार्यकर्ता नारावाजीमा उत्रिएपछि सप्तरीका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले तत्काललाई मतगणना रोकेर आवश्यक छलफल भइरहेको जानकारी दिए । 

सुझावित समाचार