मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २८ सोमबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक २८ सोमबार १५:५४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निगमको ‘न्यारोबडी’ भैरहवामा सातपटक अवतरण

डिसेम्बर अन्तिमसम्म भैरहवाबाट नियमित उडान गर्ने तयारीमा निगम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक २८ सोमबार १५:५४:oo

नेपाल वायु सेवा निगमको एयरबस–३२० जहाज आइतबार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए)मा सातपटक अवतरण गरेको छ। 

दुईजना पाइलटलाई प्रशिक्षण (बेस ट्रेनिङ) दिने क्रममा निगमको न्यारोबडी जहाज भैरहवनमा पटक–पटक अवतरण गरेको हो।

निगमले गौतमबुद्ध विमानस्थलमा पहिलोपटक ‘बेस ट्रेनिङ’दिएको हो। यसअघि निजी क्षेत्रको हिमालय एयरलाइन्सले पनि भैरहवा विमानस्थलमै पाइलटलाई ‘बेस ट्रेनिङ’दिएको थियो। 

हिमालयले १७ कात्तिकदेखि भैरहवाबाट मलेसियामा नियमित चार्टर्ड उडान सुरु गरिसकेको छ। निगमको एयरबस ३२० जहाजका प्रशिक्षक पाइलट दीपु ज्वारचनले महेशराज पाण्डे र कुशल थापालाई ‘बेस ट्रेनिङ’दिएकाथिए । तालिम लिएपछि पाइलटलाई लाइसेन्स दिइन्छ र को–पाइलटको रूपमा उडान गर्न पाउँछन्। 

दिउँसो साढे दुई बजेतिर काठमाडौंबाट उडेको जहाज साँझ ६ बजेतिर काठमाडौं फर्किएको थियो। निगमले भैरहवाबाट नियमित अन्तर्राष्ट्रिय उडानको तयारीसमेत गरिरहेको छ।

भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको अध्ययन गर्न निगमले कमर्सियल डिपार्टमेन्टका निर्देशक जनकराज कालाखेतीको नेतृत्वमा समिति गठन गरिएको छ।