![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/lamjung-karagar2022-05-30-12-29-15.jpeg)
लमजुङका १६ कैदीबन्दीले मंसिर ४ गते हुने प्रतिनिधिसभातर्फको निर्वाचनमा मतदान गर्न पाउने भएका छन्। अघिल्लो निर्वाचनमा मतदान गर्न बञ्चित कैदीबन्दीले यसपटक प्रतिनिधिसभातर्फ मतदान गर्न पाउने भएका हुन्।
फोटोसहितको मतदाता नामावलीमा नाम संकलन भएका लमजुङ कारागारमा रहेका १६ कैदीबन्दीले यसपटकको निर्वाचनमा भाग लिनेछन्। जसमा ९ कैदी र ७ बन्दी रहेका जिल्ला कारागार लमजुङका प्रमुख ताराबहादुर तामाङले बताए।
कारागारमा हाल १ सय ६ कैदीबन्दी छन्। जसमा ५ जना महिला र बाँकी १ सय १ जना पुरुष रहेका छन्। मतदान गर्न कैदीबन्दीका लागि जिल्ला कारागार कार्यालय लमजुङमा अस्थायी मतदान केन्द्र रहनेछ।
यस्तै निर्वाचनमा नखटिने कर्मचारी, सदरमुकाम केन्द्रित कर्मचारीले जिल्ला समन्वय समितिको अस्थायी मतदान केन्द्रमा मतदान गर्न सक्ने जिल्ला निर्वाचन अधिकारी नारायणप्रसाद सापकोटाले बताए।