१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २७ आइतबार
  • Saturday, 06 July, 2024
फाइल तस्बिर
हदिश खुद्दार जनकपुरधाम
२o७९ कार्तिक २७ आइतबार १७:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

उम्मेदवारी खारेजीको माग गर्दै धनुषाका पाँच उम्मेदवारविरुद्ध उजुरी 

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
२o७९ कार्तिक २७ आइतबार १७:o८:oo

धनुषाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अहिलेसम्म तीनवटा लिखित उजुरी परेका छन्। 

धनुषा क्षेत्र नंं ३ मा सत्तागठबन्धनका उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको जिल्लाको मुख्य निर्वाचन अधिकृत बज्रेश प्याकुरेलले जानकारी दिए। 

उम्मेदवारी खारेजीको माग गर्दै विद्यापति स्मारक पर्वका संरक्षक चन्द्रमोहन चौधरीले जनकपुरधामस्थित मुख्य निर्वाचन अधिकृतका कार्यालयमा उजुरी दर्ता गराएका हुन्। 

एक हप्ताअघि चौधरीले विद्यापति  स्मारक पर्वमा प्रमुख अतिथिको रूपमा कांग्रेस पूर्वसभापति तथा धनुषा क्षेत्र नं. ३ बाट समानुपातिक उम्मेदवार बिमलेन्द्र निधि, विशिष्ट अतिथिमा प्रत्यक्ष उम्मेदवार अनिलकुमार झा र ३ (ख)का उम्मेदवार प्रमेश्वर साहविरुद्ध उजुरी दिएका थिए। 

उनीहरूले कुनै संस्थाको मञ्चलाई राजनीतिक मञ्चमा प्रयोग गरी संस्था र आफ्नो मानमर्दन गरी आचारसंहिता उल्लंघन गरेको भन्दै उनीहरूको उम्मेदवारी खारेजीका लागि उजुरी दिएको संरक्षक चौधरीले बताए। 

त्यसैगरी, एमाले-जसपा गठबन्धनबाट धनुषा निर्वाचन क्षेत्र ३ मा प्रतिनिधिसभा उम्मेदवार जुलीकुमारी महतोविरुद्ध पनि उजुरी परेको हो। उम्मेदवारी मनोयन दर्ताको क्रममा महतोले निर्वाचन अचारसंहिताविपरीत बाजागजासहित सवारीसाधनको लस्कर लिएर निर्वाचन अधिकृतको कार्यालयमा आएकोले कारबाहीको लागि उजुरी परेको छ। 

त्यसैगरी, एमाले-जसपा गठबन्धनबाट धनुषा निर्वाचन क्षेत्र नम्बर ३ को क का उम्मेदवार जितेन्द्र यादवलाई पनि निर्वाचन आयोगले स्पष्टीकरण सोधेकाे छ। 

आयोगले यादवलाई सवारीसाधनको स्वरूप परिवर्तन गरी माइकिङ गरेको विषयमा २४ घन्टाभित्र स्पष्टीकरण माग गरेको छ। नम्बर प्लेटसमेत नदेखिने गरी सवारीसाधनको स्वरूप परिवर्तन गरी डिजे साउन्डको प्रयोग गरी निर्वाचन प्रचारप्रसार गरेको कार्य निर्वाचन आचारसंहिताको प्रतिकूल रहेको आयोगको ठम्याइ छ।

 

ad
ad
ad
ad