मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ कार्तिक २३ बुधबार १०:२७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भूकम्पका घाइतेको डोटीमा उपचार हुँदै    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ कार्तिक २३ बुधबार १०:२७:००

गएरातिको भूकम्पमा परी गम्भीर घाइते भएका पाँचजनाको डोटी अस्पतालमा उपचार भइरहेको छ ।  घाइतेलाई नेपाली सेनासहितका सुरक्षाकर्मीको टोलीले उद्धार गरी उपचारका लागि केहीबेर अघि हेलिकोप्टरबाट डोटी अस्पताल पुर्‍याइएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए ।

सुर्खेत र कैलालीको धनगढीबाट गएको हेलिकोप्टरले उनीहरूको उद्धार गरेको हो । उद्धारसँगै तत्काल आवश्यक खाद्यान्न र टेन्टसमेत लिएर भैरवनाथ गणको टोली सो क्षेत्रमा खटिएको सेनाले जनाएको छ ।

बुधबार बिहान २ बजेर १२ मिनेटमा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रबिन्दु भएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पबाट डोटीको पूर्वीचौकी गाउँपालिका– ३ गैरागाउँमा घर भत्किँदा ६ जनाको मृत्यु भएको छ । उक्त ठाउँमा आठ घर पूर्ण रूपमा भत्किएर क्षति पुगेको  छ ।