मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २३ बुधबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक २३ बुधबार १o:२२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कोकाकोलाको फिफा वर्ल्डकप क्याम्पेन ‘ड्रिंक–बिलिभ–विन’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक २३ बुधबार १o:२२:oo

फिफा वर्ल्डकप नजिकिँदै गर्दा कोकाकोलाले फुटबलप्रेमी नेपाली उपभोक्तालाई लक्षित गरेर वल्र्डकप विशेष लेबल लन्च गरेको छ । ‘ड्रिंक–बिलिभ–विन’ नाम रहेको क्याम्पेनअन्तर्गत उपभोक्ताले फिफा वल्र्डकप अफिसियल फुटबल, टिसर्ट, ज्याकेटजस्ता उपहार राखेको हो ।  

क्याम्पेन मंसिर २८ सम्म लागू हुने जनाइएको छ । बजारमा यो अफर लागू नहुने बोतलहरू पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ । पुरस्कार दाबी गर्नका लागि आफूसँग भएको लेबल अनिवार्य रूपमा सुरक्षित राख्नुपर्ने जनाइएको छ । योजना दुई सय ५० मिलि, पाँच सय मिलि, एक लिटर र २.२५ लिटरको कोकाकोला र कोकाकोला जिरो सुगरको खरिदमा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । 

क्याम्पेनमा सहभागी हुनका लागि उपभोक्ताले कोक बोतलको नयाँ फिफा वल्र्डकप लेबलमा भएको क्युआर कोड स्क्यान गरेर लेबलपछाडि भएको युनिक कोड पठाउनुपर्ने सर्त राखिएको छ ।