मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ कार्तिक २३ बुधबार ०९:४४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उद्धार र उपचारमा खटिन मुख्यमन्त्रीको निर्देशन

खप्तड भूकम्प अपडेट :

Read Time : > 1 मिनेट
२०७९ कार्तिक २३ बुधबार ०९:४४:००

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले भूकम्पमा परेकाहरूको उद्धार तथा उपचारमा खटिन निर्देशन दिएका छन् । मुख्यमन्त्री भट्टले खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेकाहरूको उद्धार तथा उपचारमा खटिन सरोकारवाला निकायलाई निर्देशन दिएका हुन् । 

उनले उद्धार तथा उपचारमा सहयोग गर्न अन्य सबै पक्षलाई आग्रह गरेका छन् । बुधबार बिहान २ः१२ बजे राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रबिन्दु बनाई गएको ६.६ म्याग्निच्युडको भूकम्पमा परी डोटीको पूर्वीचौकी गाउँपालिका– ३ गैरागाउँमा ६ जनाको मृत्यु भएको छ । पाँचजना घाइते भएका छन् ।

भट्टका स्वकीयसचिव प्रेम कुँवरले मुख्यमन्त्रीले सबै निकायलाई निर्देशन दिँदै तदारुकता देखाउन आग्रह गरेको जानकारी दिए । 

भूकम्पले गैरागाउँका आठ घरमा पूर्ण रूपमा क्षति गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भोला भट्टले जानकारी दिए । घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । 

थप उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोली घटनास्थल पुगिसकेको र स्थानीयसहितको टोलीले उद्धार गरिरहेको प्रहरीले जनाएको छ ।

भूकम्पले घर भत्किँदा थिचिएर मृत्यु हुनेमा चारजना बालबालिका छन् । इलाका प्रहरी कार्यालय सानागाउँका प्रहरी सहायक निरीक्षक नयनसिंह भाटका अनुसार मृत्यु हुनेमा ५० वर्षीय प्रेम बोहरा, १३ वर्षीया सीता बोहरा, ४० वर्षीया भगवती बोहरा, ८ वर्षीय हर्क बोहरा, १४ वर्षीय धनसरी बोहरा र १४ वर्षीया तुल्सी बोहरा छन् ।

घाइते हुनेमा इन्नरीदेवी बोहरा, धौली बोहरा, किस्ना बोहरा, साना बोहरा र महावीर बोहरा रहेको प्रहरीले जनाएको छ । भूकम्पले सो गाउँका आठवटा घर पूर्ण रूपमा क्षति पुर्‍याएको  छ।

मंगलबार बेलुका ९ः७ बजे पनि खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्रबिन्दू भएर ५.७ रेक्टरस्केलको भूकम्प गएको थियो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले यी गोरखा भूकम्पको परकम्प नभई नयाँ ठाउँमा गएको भूकम्प भएको जनाएको छ ।