१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o६:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

डोटीमा भूकम्पबाट मृत्यु हुनेको संख्या ६ पुग्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:१८:oo

डोटीको पूर्वीचौकी गाउँपालिका– ३ गैरागाउँमा भूकम्पमा परी ६ जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् । मृत्यु हुनेमा चारजना बालबालिका रहेका छन् । इलाका प्रहरी कार्यालय सानागाउँका प्रहरी सहायक निरीक्षक नयनसिंह भाटका अनुसार मृत्यु हुनेमा ५० वर्षीय प्रेम बोहरा, १३ वर्षीया सीता बोहरा, ४० वर्षीया भगवती बोहरा, आठ वर्षीय हर्क बोहरा, १४ वर्षीय धनसरी बोहरा र १४ वर्षीया तुल्सी बोहरा रहेका छन् ।

घाइते हुनेमा इन्नरीदेवी बोहरा, धौली बोहरा, किस्ना बोहरा, साना बोहरा र महावीर बोहरा रहेकाे प्रहरीले जनाएको छ । भूकम्पले सो गाउँका आठ घर पूर्ण रूपमा क्षति पुर्‍याएकाे असइ भाटले जानकारी दिए । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार राति २:१२ बजे राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रबिन्दु बनाई ६.६ म्याग्निच्युडकाे भूकम्प गएकाे हाे ।

यसअघि मंगलबार बेलुका ९:७ बजे खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्रबिन्दु भएर ५.७ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको सो केन्द्रले जनाएको छ ।

ad
ad