१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २२ मंगलबार
  • Sunday, 29 September, 2024
२o७९ कार्तिक २२ मंगलबार ११:२९:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

मतदातालाई सच्चिन आग्रह गर्दै प्रधानले निकाले चुनावी गीत 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक २२ मंगलबार ११:२९:oo

चितवनका सहनलाल प्रधानले ‘नेपाली जनता’ बोलको चुनावी गीत सार्वजनिक गरेका छन् । गीतमार्फत चुनावमा असल र राम्रो मान्छे छानेर गरेर मतदान गर्न प्रोत्साहन गरिएको छ ।

गीत सोमबार चितवनको  सिनर्जी एफएमले सार्वजनिक गरेको हो । उद्योग वाणिज्य संघ चितवनका पूर्वअध्यक्ष रहेका प्रधान सिनर्जी एफएमका सञ्चालकसमेत हुन् । 

प्रधानको शब्द र संगीत रहेको उक्त गीतमा प्रधानसहित शिरीषविक्रम थापा, सिर्जना गुरुङ, प्रस्तावना कैनीले स्वर दिएका छन् । उनले मतदातालाई हाम्रो होइन, राम्रो छानेर मतदान गर्न आग्रह  गरेका छन् । 

समसामयिक विषयमा गीत  रचना गर्न रुचस राख्ने प्रधानले संगीत दिएका दुई दर्जनभन्दा बढी गीत सार्वजनिक भइसकेका छन् । दुई दशकअघि सार्वजनिक भएको  ‘नारायणीको पानीजस्तै सङ्लो  चितवन’ गीत अहिले पनि चर्चित छ। उनको प्रिय तिमी केही बोलिदेऊ, को हो मलाई, लुकी–लुकी आऊ, आकाशैमा कैलोमैलोजस्ता गीत आजसम्म पनि स्रोताले रुचाइरहेका छन् ।