१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २१ सोमबार
  • Tuesday, 08 July, 2025
२o७९ कार्तिक २१ सोमबार १६:५९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ओली भन्छन् – प्रचण्डको संगतले देउवाले बन्दुकको भाषा बोल्न थाले

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक २१ सोमबार १६:५९:oo

एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्डको संगतले कांग्रेस सभापति शेरबहादुर देउवाले बन्दुकको भाषा बोल्न थालेको टिप्पणी गरेका छन्। एमालेले बाग्लुङले बुर्तिबाङमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले भारतसँग नेपाली भूमि फिर्ता लिन जनतालाई बन्दुक बोकेर जाउ भन्नु प्रचण्डको भाषा भएको आरोप लगाए।

देउवाले जनतालाई बन्दुक बोकी भूमि फिर्ता लिन जाउ भन्नुभन्दा पनि कूटनीतिक पहलबाट अघि बढ्न देउवालाई सुझाब दिए। ‘नेपाली जनतालाई जमिन फिर्ता लिने हो भने बन्दुक उठाउ भन्ने उहाँको यो ताकत कसरी आयो ?’ ओलीले प्रश्न गरे, ‘शेरबहादुरजीसँग पत्राचार गर्ने क्षमता र हुती छैन, अनावश्यक चाकडी गर्ने मात्रै क्षमता छ। यसरी कसरी देशको हित हुन्छ ? नेपाली जनतालाई जमिन फिर्ता लिने हो भने बन्दुक उठाउ भनेर भन्न सक्नुभयो। म त अचम्ममा परेँ !’

अध्यक्ष ओलीले मंसिर चारपछि एमाले सरकार बन्ने दाबी गर्दै सोही सरकारले गुमेको भूमि कूटनीतिक पहलद्वारा फिर्ता ल्याउने बताए। चारतर्फ फर्किएको परमादेशी गठबन्धन सरकार १६ महिनासम्म सत्ता मोहमा मात्रै तल्लिन भएको भन्दै उनले गठबन्धनले देशलाई अधोगतितर्फ लगेको आरोप लगाए।

बाग्लुङ क्षेत्र नं. २ बाट प्रतिनिधिसभामा पाँचदलीय गठबन्धनका साझा उम्मेदवार देवेन्द्र पौडेललाई लक्षित गर्दै ओलीले घुम्न आएका उम्मेदवारले जनताका दुःख नदेख्ने टिप्पणी गरे।