१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २१ सोमबार
  • Saturday, 06 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक २१ सोमबार १६:o५:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ डिजिटल संस्करण

आइएमईले बेच्याे एक सयभन्दा बढी राफ्ट इलेक्ट्रिक स्कुटर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक २१ सोमबार १६:o५:oo

आइएमई ग्रुपद्वारा प्रवर्द्धित आइएमई इलेक्ट्रिकले चाडपर्वमा एक सयभन्दा बढी युनिट राफ्ट इलेक्ट्रिक स्कुटर बिक्री गरेको छ।

राफ्ट मोटर्समा ६ वटाभन्दा बढी मोडलका इलेक्ट्रिक स्कुटर छन्। यी स्कुटर एकैपटककाे चार्जबाट तीन सय २० किलोमिटरसम्म कुद्न सक्ने कम्पनीले जनाएकाे छ। 

कम्पनीका अनुसार उचित मूल्य, धेरै राम्रो किमि दायरा, विश्वसनीयता र धेरै आकर्षक लुक्सका कारण राफ्ट स्कुटर छोटो अवधिमा नेपालमा अत्यन्त लोकप्रिय भएको छ।

पेट्रोल स्कुटरको तुलनामा राफ्ट इलेक्ट्रिक स्कुटर चलाउन प्रतिकिलोमिटर ३० पैसाभन्दा कम खर्च हुने, तीन वर्षभित्र उपभोक्ताले करिब दुई लाख ५० हजार रुपैयाँ बचत गरी व्यावहारिक रूपमा स्कुटरको लगभग पूरा लागत फिर्ता हुने सम्भावना रहन्छ।

फायरप्रुफ ब्याट्री, रिभर्स गियर, हाइट एडजसटेबल शोक्क अब्सोर्ब, मल्टी मोड्स अफ ड्राइभिङ, द्रुत चार्जका लागि १० एम्प चार्ज, राम्रो सुरक्षाका लागि बाक्लो बडी, कि–लेस स्टार्ट, डिआरएल हेडलाइट, थेफ्ट अलार्म, डिजिटल डिस्प्ले, रिमोट लकिङ, अटोमेटिक चार्जर कट–अफ, इन्डिकेटर बज्जर, रिजेनेरेटिभ ब्रेकिङ सिस्टम, पोर्टेबल ब्याट्री र अन्य धेरै सुविधा राफ्ट स्कुटरमा उपलब्ध छन्।

आइएमई इलेक्ट्रिकका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुराणिकका अनुसार मूल्य र किलोमिटर दायराको सन्दर्भमा उत्कृष्ट संयोजन भएको राफ्ट स्कुटरको मूल्य मात्र एक लाख ९९ हजार रुपैयाँ मात्र हो।

नेपालको बजारमा सबैभन्दा किफायती इलेक्ट्रिक स्कुटरहरूमध्ये एक हो राफ्ट । यसले एकपटकको चार्जमा तीन सय २० किलोमिटरसम्मको माइलेज दिन्छ। जुन नेपालको सबैभन्दा उच्च किलोमिटर माइलेज हो।

बिक्री, सेवा र स्पेयर पार्ट्सका साथ आइएमई इलेक्ट्रिकले सक्रिय रूपमा आफ्नो नेटवर्क विस्तार गर्दै आएको छ। यसका अहिले नेपालमा १० भन्दा बढी डिलर छन्।

आइएमई अटोमोबाइल कम्पनीको इलेक्ट्रिक भेहिकल डिभिजन, आइएमई इलेक्ट्रिकले नेपालमा राफ्ट इलेक्ट्रिक दुईपांग्रे सवारीसाधन बिक्री गर्न थालेको छ र निकट भविष्यमा चारपांग्रे यात्रुवाहक कार र व्यावसायिक सवारीसाधनहरूमा विस्तार गर्ने महत्वाकांक्षी योजना छन्।

राफ्ट मोटर्स भारतका शीर्ष १० विद्युतीय दुईपांग्रे सवारी उत्पादकहरूमध्ये एक हो र यसले राम्रो विश्वसनीयता र उत्कृष्ट सम्भावित सुविधाहरूसहित गुणस्तरीय सवारीसाधनहरू उपलब्ध गराउँदै आएको छ।

डिलरसिप र सवारीसाधन खरिदसम्बन्धी कुनै पनि जिज्ञासाको लागि ९८०११०८९७५ मा सम्पर्क गर्न सकिनेछ। आइएमई ग्रुपद्वारा प्रवर्द्धित आइएमई इलेक्ट्रिक नेपालमा र्‍याफ्ट मोटर्सको एक मात्र आधिकारिक वितरक हो।

ad
ad
ad
ad