मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २१ सोमबार
  • Wednesday, 18 December, 2024
२o७९ कार्तिक २१ सोमबार १o:१८:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ब्याजदर घटाउन माग गर्दै व्यवसायी आन्दोलित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक २१ सोमबार १o:१८:oo

बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदर एक अंकमा झार्न माग गर्दै सिराहाका उद्योगी–व्यवसायी आ–आफ्ना व्यापारिक, व्यावसायिक प्रतिष्ठान सांकेतिक रूपमा बन्द गरी सडक आन्दोलनमा उत्रिएका छन् । 

उद्योगी–व्यवसायीले आइतबार बिहान लाहानमा बैंक तथा वित्तीय संस्थाको अव्यावहारिक नीति खारेज गर, बैंकिङ आतंक बन्द गर, डाँक लिलामको प्रक्रिया अहिलेका लागि बन्द गर, कर्जा प्रवाह गर्दा भएको सम्झौताभन्दा बढी लिएको रकम फिर्ता गरलगायतका नाराअंकित प्लेकार्ड बोकेर बजार क्षेत्रमा प्रदर्शन गरे । जिल्ला उद्योग वाणिज्य संघ सिराहा–लाहान सम्बद्ध रामनगर मिर्चैया, सिराहा गोलबजार, सुखीपुर, धनगढीमाई उद्योग वाणिज्य संघका पदाधिकारी, कार्यकारी सदस्य तथा उद्योगी–व्यवसायीहरूले प्रदर्शन गरेका हुन् । 

व्यवसायीहरूले एक अंकको ब्याजदर कायम गर्नुपर्ने, ब्याजबाहेकका कुनै पनि प्रकारको शुल्क लिन नपाइने, सम्झौताभन्दा बढी लिइएका सेवा शुल्क तत्काल फिर्ता गर्नुपर्ने, लिलामी प्रक्रिया तत्काल स्थगित गर्नुपर्ने माग गरेका छन् । त्यस्तै, कर्जा नवीकरण म्याद कम्तीमा तीन वर्ष कायम गरिनुपर्ने, नेपाल राष्ट्र बैंकले १ मंसिर ०७९ देखि लागू गर्न लागेको ‘चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९’ तत्काल खारेज गर्नुपर्ने र बैंकहरूले ब्याजदर परिवर्तन गर्दा मोबाइल एसएमएसमार्फत ग्राहकलाई जानकारी दिइनुपर्ने व्यवसायीहरूको माग छ । 

१९ कात्तिकमा जिल्लास्थित बैंकर्स एसोसिएसनसँग लाहानमा छलफल गरेका व्यवसायीहरूले आफूहरूको माग पूरा गराउन आइतबार जिल्लाभरिका व्यापारिक, व्यावसायिक प्रतिष्ठान बिहान १० देखि १२ बजेसम्म बन्द गरी विरोध ¥याली प्रदर्शन गरेका हुन् । उनीहरूले २१ कात्तिकमा जिल्लास्थित सबै बैंक तथा वित्तीय संस्थाहरूमा बिहान १० बजेदेखि एक घन्टा प्लेकार्डसहित धर्ना बस्ने, २३ कात्तिकसम्म पनि माग सम्बोधन नभए व्यापारिक, व्यावसायिक प्रतिष्ठान बन्द गरी सशक्त आन्दोलन गर्ने जनाएका छन् । 

जिल्ला उद्योग वाणिज्य संघ लाहानका अध्यक्ष विकास सारडाले कोरोना महामारीमा धराशायी बनेका व्यवसायीहरू बैंक तथा वित्तीय संस्थाहरूका कारणले झन् ठूलो अप्ठ्यारोमा परेको बताए । ‘वार्षिक ९ प्रतिशतका दरले लिएको ऋणको ब्याजदर १६ देखि १८ प्रतितसम्म पु¥याइएको छ,’ अध्यक्ष सारडाले भने, ‘कसरी व्यापार–व्यवसाय गर्ने ?’