मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १९ शनिबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक १९ शनिबार १८:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हाम्रो नेपाली पार्टीका अध्यक्ष र उम्मेदवारलाई स्पष्टीकरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक १९ शनिबार १८:३२:oo

निर्वाचन आयोगले हाम्रो नेपाली पार्टीका अध्यक्ष र उम्मेदवारलाई स्पष्टीकरण साेधेकाे छ। 

आयोगले हाम्रो नेपाली पार्टीका अध्यक्ष अनन्तराज घिमिरे र सोही पार्टीका प्रतिनिधिसभा सदस्यका काठमाडौं क्षेत्र नं. २ का उम्मेदवार कोषराज सुवेदीलाई दलीय आबद्धता स्पष्ट नगरी ‘काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहको साथ छ, लौरोको विजय निश्चित छ’ भनी प्रचारप्रसार गरेको विषयमा स्पष्टीकरण सोधेको छ।

उक्त कार्यबाट मंसिर ४ गते हुने निर्वाचनको स्वच्छता र निष्पक्षतालाई प्रभावित गर्ने र आममतदातासमेतलाई भ्रमित गर्ने कार्य भएकाले आफूलाई अमुक व्यक्तिको समर्थन छ भनी सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गर्दा जानाजान प्रचलित निर्वाचन कानुनको उल्लंघनसमेत भएको देखिएको आयोगको पत्रमा जनाइएको छ।

आयोगले उक्त दल र दलका उम्मेदवारले स्वतन्त्रको लौरो अभियान भनी प्रचारप्रसार गरेको विषयमा यसपूर्व नै पत्राचार गरेको थियो।

दलीय आबद्धता स्पष्ट नगरी ‘काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहको साथ छ, लौरोको विजय निश्चित छ’ भनी प्रचारप्रसार गरेको सोही विषयमा आयोगले उक्त दलका उम्मेदवार सुवेदीलाई बेग्लै पत्र पठाई स्पष्टीकरण सोधेको हो।