१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १९ शनिबार
  • Wednesday, 26 June, 2024
२o७९ कार्तिक १९ शनिबार १७:१५:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

खोटाङमा विशालको दोहोरिने सम्भावना कति ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक १९ शनिबार १७:१५:oo

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनमा खोटाङमा वाम–लोकतान्त्रिक गठबन्धन र नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा हुँदै छ। जिल्लामा प्रतिनिधिसभा र प्रदेश सभा ‘क’मा स्वतन्त्रसहित आठ/आठ तथा प्रदेश सभा ‘ख’मा छजना चुनावी मैदानमा उत्रिएका छन्। यद्यपि, १० स्थानीय तह रहेको जिल्लामा वाम–लोकतान्त्रिक गठबन्धन र एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुनेछ।

प्रतिनिधिसभा निर्वाचनका लागि खोटाङमा वाम–लोकतान्त्रिक गठबन्धनबाट माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवं प्रदेश १ सरकारका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री रामकुमार राई ‘पासाङ’ र एमालेका पोटिब्युरो सदस्य एवं पूर्वसांसद विशाल भट्टराईबीच प्रतिस्पर्धा हुँदै छ। एक प्रतिनिधिसभा तथा दुई प्रदेश सभा रहेको जिल्लामा एक लाख ४२ हजार ७९२ मतदाता रहेका छन्।

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको मत परिणाम हेर्दा भट्टराईविरुद्ध राई भारी मतान्तरले अगाडि देखिएका छन्। स्थानीय तहको निर्वाचनमा नगरप्रमुख र गाउँपालिका अध्यक्षका उम्मेदवारले प्राप्त गरेका मतको आधारमा पासाङ १२ हजार ४१२ मतले छन्। दुई नगरपालिका र आठ गाउँपालिका प्रमुखमा गठबन्धनका उम्मेदवारले ४४ हजार ४०२ मत पाउँदा एमालेका उम्मेदवारले ३१ हजार ९९० मत पाएका थिए। यद्यपि, स्थानीय तह निर्वाचनमा जसरी संघ र प्रदेशको निर्वाचनमा मत झर्ने–नझर्ने विषय गठबन्धन र एमाले दुवैलाई आकलन गर्न सहज छैन।

पासाङलाई सत्तागठबन्धनमा आबद्ध माओवादी केन्द्र, कांग्रेस र एकीकृत समाजवादी पार्टीको मत आउनेछ। तर, सत्तागठबन्धनका असन्तुष्ट कार्यकर्ताको मत भने भट्टराईलाई नै आउने एमालेको आकलन छ।

स्थानीय तहको निर्वाचनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुखमा कांग्रेसले ११ हजार ३८९ मत ल्याउँदा एमालेले छ हजार ९९६ मत ल्याएको थियो। हलेसी तुवाचुङ नगरपालिकाको प्रमुखमा कांग्रेसलाई छ हजार ३१७ र एमालेलाई पाँच हजार ९६६, रावाबेँसी गाउँपालिका  अध्यक्षमा कांग्रेसलाई दुई हजार ४८९ र एमालेलाई दुई हजार ३०३ तथा केपिलासगढी गाउँपालिका अध्यक्षमा कांग्रेसलाई दुई हजार २४४, एकीकृत समाजवादीलाई एक हजार ८०८ र एमालेलाई एक हजार ७४४ मत खसेको थियो।

त्यसैगरी, ऐंसेलुखर्क गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवारलाई दुई हजार ६०६ र माओवादी केन्द्रका उम्मेदवारलाई दुई हजार ४८०, साकेला गाउँपालिका अध्यक्षमा कांग्रेसलाई एक हजार ८५०, माओवादी केन्द्रलाई एक हजार ७७२ र एमालेलाई ९६७ मत खसेको थियो। यता, दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्षमा विजयी एमाले उम्मेदवारलाई दुई हजार ८०३, कांग्रेसका उम्मेदवारलाई दुई हजार १६२ तथा माओवादी केन्द्रका उम्मेदवारलाई दुई हजार ९३ मत खसेको थियो।

खोटेहाङ गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रलाई तीन हजार ७२८ र एमालेलाई तीन हजार ६९०, जन्तेढुंगा गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रलाई दुई हजार ८८१ र एमालेलाई दुई हजार ५८५ तथा बराहपोखरी गाउँपालिका अध्यक्षमा कांग्रेसलाई तीन हजार १८१ र एमालेलाई दुई हजार ३३० मत आएको थियो।

ad
ad
ad
ad