१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १२ बुधबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार १२ बुधबार २o:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

खनालको सचिवालयले भन्यो–भावी नेतृत्वको विषयमा निर्णय भइसकेको छैन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार १२ बुधबार २o:३५:oo

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको सचिवालयले महासचिव घनश्याम भुसालसँग भावी नेतृत्वको विषयमा निर्णय भइनसकेको बताएको छ।

खनालले भुसाललाई भावी अध्यक्षको रूपमा अघि सारेको समाचार सार्वजनिक भएपछि खनालका स्वकीय सचिव कृष्ण भट्टराईले प्रेस विज्ञप्ति जारी गरेका हुन्। 

भट्टराईले वैचारिक राजनीतिक कार्यदिशामा समाजवादी कार्यक्रमलाई अगाडि बढाउने सम्बन्धमा एकताबद्ध भएर जाने सहमति भएको र नेतृत्व निर्माण गर्ने सन्दर्भमा पनि समझदारीपूर्वक अगाडि बढ्ने समझदारी भएको बताएका छन्।

तर, अन्य विषयमा आगामी दिनमा छलफल गरेर निर्णय गरिने समझदारी भएको भट्टराईले दाबी गरेका छन्। खनाल स्वयं पनि अध्यक्षका दाबेदार हुन्।

भुसाल र खनालसँगै अध्यक्ष माधवकुमार नेपाल पनि अध्यक्षका दाबेदार छन्। नेपाल, खनाल र भुसालले रणनीतिक छलफल जारी राखेका छन्। यही क्रममा खनाल र भुसालबीच बुधबार खनालनिवास डल्लुमा भेटवार्ता भएको थियो। केही दिनअघि नेपाल र खनालबीच राजधानीको एक होटेलमा करिब एक घण्टा छलफल भएको थियो।