१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १९ शनिबार
  • Saturday, 06 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक १९ शनिबार १३:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

एकपटक जित्ने मात्रै नभइ कार्यकारी प्रमुख बन्नु छ, प्रतिबद्धता पूरा गर्छु : प्रदीप पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक १९ शनिबार १३:१९:oo

काठमाडौं ५ मा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले देशको कार्यकारी प्रमुख बन्ने चाहना व्यक्त गरेका छन्। विशाल नगरमा आयोजित साक्षात्कार कार्यक्रममा उनले एउटा निर्वाचनमा जित्नु मात्र नभई कार्यकारी प्रमुख नै हुने महत्वाकांक्षा आफूमा रहेको बताएका हुन्।

यसका लागि जनताको विश्वास जित्नसक्नुपर्ने बताँउदै उनले आफूले गरेका सबै प्रतिबद्धता पूरा गरेरै छाड्ने बताए। ‘एक–दुई वटा चुनाव लड्ने हाम्रो महत्वकांक्षा छ। कार्यकारी प्रमुख नै हुने महत्वकांक्षा छ। अहिले निर्वाचनमा भनिएका कुरा पूरा गरिएन भने पछि निर्वाचन जितिँदैन। जनताको विश्वास जित्न सकिएन भने त्यो सपना पूरा हुँदैन,’ उनले भने। 

पौडेलले काठमाडौं ५ बाट भ्रष्टाचार अनुमोदित हुने अवस्था आउन नहुने बताए। यसका लागि काठमाडौं ५ बाटै जनप्रतिनिधिको परिभाषा बदल्न आवश्यक रहेको उनले बताए। ‘जनप्रतिनिधि शासक होइन सेवक हुनुपर्छ। यो चेतनाले भरिएको ठाउँ  हो। यहाँबाट इमानले हार्ने र भ्रष्टाचार अनुमोदित हुने अबस्था नहोस्। म जितेर गएपछि कलंकको टीका लाग्ने अबस्थामा आउन दिने छैन,’ उनले भने।

नेता पौडेलले सांसद विकास कोषको रकमको सार्वजनिक अडिट गर्ने, जनप्रतिनिधिमाथि छानबिन गर्न नागरिकस्तरको मूल्यांकनबाट ‘राइट टु रिजेक्ट’को व्यवस्था सुरु गर्ने, यस क्षेत्रका विद्यालयलाई बुढानिलकण्ठ स्कुलको गुणस्तरमा पु¥याउन पहल गर्ने, निर्वाचित भएपछि सबैभन्दा पहिले संसद्मा भ्रष्टाचारविरुद्ध संकल्प प्रस्ताव लैजानेलगायतका प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा वरिष्ठ कलाकार नीर शाह, अर्थविद् स्वर्णीम वाग्लेलगायतले काठमाडौं ५ मा पौडेलको नेतृत्व आवश्यक रहेको बताएका थिए।

ad
ad
ad
ad