Skip This
बाढीले कावासोती र गैँडाकोट डुबानमा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २२ शनिबार
  • Saturday, 05 October, 2024
२o८१ असार २२ शनिबार १५:o६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बाढीले कावासोती र गैँडाकोट डुबानमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार २२ शनिबार १५:o६:oo

गएरातिदेखिको भारी वर्षाका कारण कावासोती र गैँडाकोट डुबानमा परेको छ। 

इलाका प्रहरी कार्यालय गैँडाकोटका अनुसार नवलपुरको गैँडाकोट २ बोटे टोलमा नारायणी नदीको बाढी पसी २०/२५ घर डुबानमा परेको छ।

डुबानमा परेका स्थानीय बासिन्दालाई पशुचौपाया र अन्नपातहरूसहित जनप्रतिनिधि र प्रहरीको सहयोगमा टोल सुधार समितिको ट्रस्ट तथा आफन्तको घरमा स्थानान्तरण गरिएको छ। 

त्यसैगरी, कावासोती– १० रतौलमा पनि ५ घर डुबानमा परेको छ। यहाँका पाँच मुसहरका घर डुबानमा परेको हो। त्यसैगरी, ७ बिघा जमिन पनि डुबानमा परेको स्थानीयले जनाएका छन्।

यता केरुङे खोलामा आएको बाढी गाउँ पस्दा हुप्सेकोट ४ मा करिब २५ बिघा जमिन डुबानमा परेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताए। उनका अनुसार हुप्सेकोटमा जेसिबी लगाएर बाढी पसेको स्थानमा बाँध लगाउन खोज्दा जेसिबी पनि बगाउने स्थिति आएको छ। 

त्यसैगरी, कावासोती– ११ मा पनि बाढीका कारण ५ बिघा धान खेती डुबानमा परेको छ।