१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १६:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

थाहाको पर्यटन प्रवर्द्धनका लागि काठमाडौंमा फोटो प्रदर्शनी हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १६:४६:oo

मकवानपुरको थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकाको पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि काठमाडौंमा शुक्रबारदेखि तीनदिने फोटो प्रदर्शनी हुने भएको छ।

थाहा नगरपालिकाको आयोजना, इन्द्रसरोवर गाउँपालिकाको समन्वय र ‘फरक सोच’को व्यवस्थापनमा काठमाडौंको वसन्तपुर (कालभैरव) डबलीमा शुक्रबारदेखि आइतबारसम्म फोटो प्रदर्शनी गर्न लागिएको हो। आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले उपत्यकाका विभिन्न संघसंस्था, शैक्षिक संस्थाहरू, पर्यटन व्यवसायी, ट्राभल एजेन्सी र आमनागरिकलाई लक्षित गरी फोटो प्रदर्शनी आयोजना गर्न लागिएको थाहा नगरका प्रमुख विष्णुबहादुर विष्टले जानकारी दिए।

यहाँको प्राकृतिक सुन्दरता, हिमशृंखला, ऐतिहासिक मठमन्दिरलगायतका पर्यटन प्रवर्द्धन गर्न फोटोको माध्यमबाट ती स्थानको जानकारी दिने उद्देश्य राखिएको नगरप्रमुख विष्टको भनाइ छ।

प्रदर्शनीको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले उद्घाटन गर्नेछन्। दैनिक बिहान १० बजेदेखि ४ बजेसम्म हुने प्रदर्शनीमा थाहा नगरका युवा फोटो पत्रकार गणेश विष्टले खिचेका विभिन्न विधाका करिब सय फोटो राखिने आयोजकले जनाएको छ।

ad
ad