१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १८:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नवलपुरमा १ हजार लिटर घरेलु मदिरा बरामद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १८:२o:oo

आन्तरिक राजस्व कार्यालय नवलपुर कावासोतीले कावासोतीका विभिन्न होटेलहरूबाट १ हजार लिटर बढी घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ। प्रहरीको सहयोगमा उनीहरूले बरामद गरेको मदिरा बुधबार आन्तरिक राजस्व कार्यालय पछाडि खाडल खनेर नष्ट गरेको हो।

आन्तरिक राजस्व कार्यालय नवलपुरका प्रमुख ज्ञानहरि पन्थीले तयारी मदिरा १ सय ५० लिटर र जाँड ९ सय लिटर बढी बरामद गरी बुधबार नष्ट गरिएको बताए। अवैध रूपमा घरेलु मदिरा व्यापक रूपमा बिक्री गर्ने त्यस्ता होटेल सञ्चालकहरूलाई कारबाहीका लागि २४ घण्टाभित्र कार्यालयमा उपस्थित हुन सूचना जारी गरिएको पनि पन्थीले बताए। गएको स्थानीय निर्वाचनमा दलका उम्मेदवारहरूले घरेलु मदिरालाई कानुनी मान्यता दिई करको दायरामा ल्याएर सञ्चालन गर्ने जनाए पनि त्यसलाई कार्यान्वयन नगरेका कारण समस्या भएको छ। 
 

ad
ad