मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १६ बुधबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक १६ बुधबार १६:o६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘निर्वाचन बिथोल्ने कुनै पनि गतिविधि हुन दिइँदैन’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक १६ बुधबार १६:o६:oo

निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन बिथोल्ने खालको कुनै पनि गतिविधि हुन नदिने गरी सुरक्षाको आवश्यक व्यवस्था मिलाउने बताएको छ। 

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र त्यसका नेताहरूले निर्वाचन बिथोल्ने अभिव्यक्ति दिइरहेका वेला आयोगले त्यसो हुन नदिन सचेत रहेको जनाएको हो। 

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बुधबार सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सो निर्वाचन बिथोल्ने खालको कुनै पनि गतिविधि हुन नदिने गरी सुरक्षा योजना बनाउने बताए। 

उनले विप्लव नेतृत्वको नेकपाको नाम नलिई कुनै राजनीतिक समूहले भनेको कुरालाई आयोगले गम्भीरतापूर्वक लिएको र सोहीअनुसारको सुरक्षा योजना बनाउने विषयमा छलफल सुरु गरिएको पनि उनले जानकारी गराए। 

थपलियाले भने, ‘जुन राजनीतिक समूहले जे भनेको छ । त्यो विषयलाई लिएर हुने दंगाहरूको सम्बन्धलाई गम्भीर रूपमा लिएर छलफलमा बसेका पनि छौँ। तदनुसार नै सुरक्षा योजनाको पुनरावलोकन गर्छौँ। र, तदनुसार नै कार्यान्वयन हुन्छ। मलाई लाग्दछ– यो निर्वाचन बिथोल्न सक्ने गरी कुनै पनि गतिविधि हुन दिइँदैन। यसमा हामी सचेत छौँ।’

निर्वाचन आयोगले निर्वाचन सामग्री ढुवानीमा कुनै पनि खालको गुनासो आउन नदिने गरी काम गर्ने प्रतिबद्धतासमेत जनाएको छ।