१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १६ बुधबार
  • Friday, 05 July, 2024
२o७९ कार्तिक १६ बुधबार o९:११:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार प्रिन्ट संस्करण

प्राकृतिक सुन्दरताले भरिपूर्ण बन्दीपुर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक १६ बुधबार o९:११:oo

मौसम सफा रहने भएकाले यतिवेला घुमघामको सिजन छ । तनहुँको सदरमुकाम दमौलीबाट २६ किलोमिटरको यात्रापछि पुगिने बन्दीपुर आन्तरिक तथा विदेशी पर्यटकको रोजाइमा पर्ने ठाउँमध्ये एक हो । मौसम सफा रहने अहिलेको सिजनमा अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरिलगायतका हिमशृंखला नियाल्न पाइन्छ । परम्परागत शैलीमा निर्माण गरिएका यहाँका घर तथा मन्दिरले पनि मानिसलाई लोभ्याउने गर्छन् ।

यहाँका घरले भक्तपुरका पुराना घरकै झल्को दिन्छन् । त्यस्तै, यहाँको मिठो खाना र रहनसहनले पनि पर्यटकलाई लोभ्याउने गरेको छ । टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका स्थलमा पर्यटकहरू घुमघामका लागि आउँछन् । बन्दीपुरमा होटेल संघसँग आबद्ध साना–ठूला गरी ७७ होटेल सञ्चालनमा छन् ।

यहाँ ठूलो संख्यामा स्वदेशी पर्यटकसँगै फ्रान्स, बेलायतलगायत युरोपेली देश तथा छिमेकी देश चीन र भारतबाट पनि पर्यटक आउने गरेका छन् । कतिपय पर्यटक बन्दीपुर घुमेर त्यहाँको रीतिरिवाज र रहनसहन नियालेपछि दमौली फर्कन्छन् र त्यसपछि पोखरातर्फ लाग्छन् । 

ad
ad
ad
ad