१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १६ बुधबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ कार्तिक १६ बुधबार o७:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

अर्थतन्त्रलाई मुठीभरको कब्जाबाट रोक्ने गरी कसैको पनि घोषणापत्र आएन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ कार्तिक १६ बुधबार o७:३९:oo
कृष्ण खनाल विश्लेषक

सबैजसो दलका घोषणापत्र कर्मकाण्डी छन् । देशले अहिले भोगिरहेको राजनीतिक, आर्थिक, सामाजिक समस्याको अन्तर्यमा घोषणापत्रहरू प्रवेशै गरेका छैनन् ।  बेथिति र गलत धन्दा रोक्नेबित्तिकै आर्थिक र सामाजिक क्रियाकलाप स्वतः बढ्छ ।

राज्यसत्ताको आर्थिक क्रियाकलापमा सीमित मुठीभर व्यक्तिले कब्जा जमाइरहेका छन् । त्यसलाई रोकेर अर्थतन्त्रको विकास गर्ने, रोजगारी बढाउने प्रतिबद्धतासहितका आधार कुनै पनि दलले दिन सकेका छैनन् ।

धेरै गरिरहनु नै पर्दैन, अहिलेको अवस्थामा आर्थिक विकासमा गलत उद्देश्यले राजनीतिक हस्तक्षेप नहुनेबित्तिकै पनि उत्पादन क्षमता बढ्छ, रोजगारीको अभिवृद्धि हुँदै जान्छ ।

पाँच वर्षमा २० लाख वा यति लाखलाई रोजगारी दिइनेछ भनेर मात्र हुँदैन, त्यसका आधार प्रस्ट अगाडि ल्याउन सक्नुपर्छ । घोषणापत्रमा अगाडि सारिएका विषयलाई कार्यान्वयनका लागि आधारहरू देखाउन सक्नुपर्छ । 

ad
ad
ad
ad