१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १९ बुधबार
  • Saturday, 06 July, 2024
रासस जेनेभा
२o८१ असार १९ बुधबार १८:३३:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
विश्व डिजिटल संस्करण

जेनेरेटिभ एआई पेटेन्ट दर्तामा चीन सबैभन्दा अगाडि

Read Time : > 1 मिनेट
रासस, जेनेभा
नयाँ पत्रिका
२o८१ असार १९ बुधबार १८:३३:oo

अत्याधुनिक जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स (जेनएआई)को प्रयोगबाट गरिएका आविष्कारहरूको अन्तर्राष्ट्रिय पेटेन्ट दर्तामा चीन अग्रणी रहेसँगै यसको संख्या ६ वर्षमा आठ गुणाले बढेको संयुक्त राष्ट्रसंघले जनाएको छ।

सन् २०२३ सम्मको दशकमा जेनएआई आविष्कारका लागि कुल ५४ हजार पेटेन्ट दर्ता गरिएको राष्ट्रसंघीय विश्व बौद्धिक सम्पत्ति संगठन (डब्ल्युआइपिओ)ले आफ्नो नयाँ प्रतिवेदनमा जनाएको छ। तीमध्ये २५ प्रतिशत गत वर्ष मात्रै दर्ता गरिएको थियो।

जेनएआईमा प्रशिक्षित कम्प्युटर प्रोग्रामहरूले सरल तरिकाले सेकेन्डभरमा भिडियो, संगीतदेखि कम्प्युटर कोडसम्म धेरै कुरा सिर्जना गर्दछ। यो प्रविधिको क्षेत्रमा ठूलो उपलब्धि रहेको डब्ल्युआइपिओका प्रमुख डारेन टाङले बताए।

जेनएआई पेटेन्टले अझै पनि विश्वव्यापी रूपमा सम्पूर्ण एआई पेटेन्टको ६ प्रतिशत मात्र प्रतिनिधित्व गर्दछ। तर, यसको संख्या द्रुतगतिमा बढिरहेको छ। जेएनएआई पेटेन्टहरू सन् २०१७ पछि आठ गुणाले बढेका छन्। ‘यो एउटा उदीयमान क्षेत्र हो,’ डब्ल्युआइपिओका पेटेन्ट एनालिटिक्स प्रबन्धक क्रिस्टोफर ह्यारिसनले जेनेभामा पत्रकारहरूसँग भने।

यो प्रविधिले च्याटजिपिटी र गुगलको जेमिनीजस्ता च्याटबटहरूको विकाससहित औद्योगिक र उत्पादनको दायरालाई फराकिलो बनाइरहेको छ। यसले औषधिहरूको विकासका लागि नयाँ अणुहरू पत्ता लगाउनुका साथै नयाँ उत्पादनको विकास सक्षम पार्नेजस्ता काम पनि गर्न सक्छ।

सन् २०१४ देखि २०२३ को बीचमा चीनबाट ३८ हजारभन्दा बढी जेनएआई आविष्कार दर्ता भएको प्रतिवेदनले देखाएको छ। यो संयुक्त राज्य अमेरिकाभन्दा ६ गुणाले बढी हो। दोस्रो स्थानको अमेरिकामा ६ हजार दुई सय ७६ पेटेन्ट दर्ता भएको छ।

दक्षिण कोरियामा चार हजार एक सय ५५ र जापानमा तीन हजार चार सय नौ जेनएआई पेटेन्ट दर्ता भएको छ। एक हजार तीन सय ५० जेनएआई पेटेन्टहरू दर्ता गरिएको भारतमा ५६ प्रतिशतको उच्चतम औसत वार्षिक वृद्धिदर देखिएको डब्ल्युआइपिओले जनाएको छ।

जेनएआईका अधिकांश शीर्ष आवेदक चिनियाँ आविष्कार रहेका छन्। जसमा टेनसेन्ट शीर्ष स्थानमा छ। त्यसपछि पिङ एन इन्स्युरेन्स, बाइदु र चाइनिज एकेडेमी अफ साइन्सेज छन्।

त्यसैगरी, आइबिएम पाँचौँ स्थानमा छ। चीनको अलिबाबा, दक्षिण कोरियाको सामसुङ इलेक्ट्रोनिक्स र गुगलको मूल कम्पनी अल्फाबेट, चिनियाँ कम्पनी बाइटडान्स रहेको शीर्ष १० को सूचीमा माइक्रोसफ्टले अन्तिम स्थान लिएको छ।

डब्ल्युआइपिओको प्रतिवेदनले अणु, जिन र प्रोटिनमा आधारित तथ्यांक प्रयोग गरेर जेनएआई पेटेन्टहरू तीव्रगतिमा बढिरहेको पनि पत्ता लगाएको छ। सन् २०१४ देखि करिब एक हजार पाँच सय आविष्कारको पेटेन्ट दर्ता भएको यसको विगत पाँच वर्षमा औसत ७८ प्रतिशतले वार्षिक वृद्धि भएको प्रतिवेदनले जनाएको छ।

ad
ad
ad
ad