१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १९ बुधबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार १९ बुधबार १८:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

१३५ कैदीलाई छाड्ने प्यारोल बोर्डको निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार १९ बुधबार १८:१५:oo

प्यारोल बोर्डको बैठकबाट १३५ कैदीलाई छाड्ने निर्णय भएको छ। बुधबार महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो।

फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३८ मा प्रोबेसन तथा प्यारोल बोर्डको व्यवस्था छ। ऐनले सातसदस्यीय बोर्डको कल्पना गरेको छ, जसले कैद सजाय पाएका कसुरदारको सामाजिक पुनर्स्थापना तथा एकीकरण गर्ने कार्यमा सहयोग पुर्‍याउँछ।

यसअघि २०८० को २५ पुस र १८ चैतमा क्रमशः १४३ र १५४ जनालाई छाड्ने निर्णय भएको थियो। यसै वर्ष जेठमा पनि ११७ जनालाई गरी कुल पाँच सय ४९ जनालाई प्यारोलमा छाड्ने निर्णय भएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ।

ad
ad
ad
ad