Skip This
पश्चिम नेपालमा तीन दिन धेरै वर्षा हुने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २१ शुक्रबार
  • Sunday, 07 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार २१ शुक्रबार o६:१७:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

पश्चिम नेपालमा तीन दिन धेरै वर्षा हुने

मौसमविद् सञ्जीव अधिकारीले भने, ‘यसअघि मध्य र पूर्वकेन्द्रित धेरै पानी परिरहेको थियो । अब पश्चिमकेन्द्रित पानी पर्ने देखिन्छ ।’ 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार २१ शुक्रबार o६:१७:oo

आइतबारसम्म देशभर वर्षाको प्रक्षेपण, तर गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा थोरै स्थानमा अति भारी वर्षा हुन सक्ने चेतावनी

आगामी आइतबारसम्म पश्चिम नेपालका जिल्लामा धेरै वर्षा हुने प्रक्षेपण गरिएको छ । यसअघि पूर्वी र मध्यनेपालमा धेरै वर्षा भइरहेकामा शुक्रबारदेखि आइतबारसम्म गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ३० जिल्लामा तुलनात्मक रूपमा धेरै वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाले ३० जिल्लामा जोखिमयुक्त क्षेत्रका रूपमा रेडअलर्ट जारी गरेको छ ।

‘मनसुनको न्यूनचापीय रेखा पूर्वभन्दा पश्चिमतिर सरदरभनदा नजिक (भारतसँगको सीमा क्षेत्र) मा छ,’ मौसमविद् सञ्जीव अधिकारीले भने, ‘यसअघि मध्य र पूर्व केन्द्रित धेरै पानी परिरहेको थियो । अब पश्चिम पहाड केन्द्रित पानी पर्ने देखिन्छ ।’ कम वर्षा भएका सुदूरपश्चिम र कर्णाली क्षेत्रमा अबको वर्षाले खेतीपातीमा मद्दत पुग्ने भए पनि पहिरोको जोखिम पनि बढाएको छ । 

शुक्रबारदेखि आइतबारसम्म पनि देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, बागमतीका थोरै स्थानमा भीषण (भारी) वर्षाको आकलन गरिएको छ । त्यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा थोरै स्थानमा अति भारी वर्षाको चेतावनी दिइएको छ ।  आइतबारसम्म भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, सहरी तथा तराई क्षेत्रमा डुवानको जोखिम रहेको महाशाखाले जनाएको छ । यसअघि महाशाखाले १७ देखि २० असारसम्मका लागि मनसुनी बुलेटिन जारी गरेको थियो ।  

रेडअलर्ट जारी भएका ३० जिल्ला

मौसम पूर्वानुमान महाशाखाले लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ३० जिल्लामा रेडअलर्ट जारी गरेको छ । गण्डकी– म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व र मुस्ताङ । धेरै वर्षा हुने भएकाले यस क्षेत्रमा पहिरोको जोखिम छ । लुम्बिनी– कपिलवस्तु, रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, प्युठान, नवलपरासी पश्चिम, रोल्पा र रुकुम पूर्व । कर्णाली– जाजरकोट, दैलेख, रुकुम पश्चिम, कालीकोट, जुम्ला र हुम्ला । सुदूरपश्चिम– दार्चुला, बैतडी, बझाङ, बाजुरा, डडेल्धुरा, डोटी र अछाम । यी क्षेत्रमा आगामी आइतबारसम्म धेरै वर्षा हुने भएकाले विपत्को जोखिम पनि बढेको हो ।

ad
ad
ad
ad