नेकपा (एमाले)ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। मंगलबार दिउँसो काठमाडौंको याक एन्ड यती होटेलमा अध्यक्ष केपी ओलीले डिजिटल प्रविधिबाट आसन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गरेका हुन्।
घोषणापत्रमा सुशासन, विकास, समृद्धि र स्वाधीनताको चार संकल्प गरिएको छ। घोषणापत्रमा सूर्य चिह्नमा किन मतदान गर्ने र अन्य चिह्नमा किन नगर्ने भन्ने कुरालाई प्रस्ट्याइएको एमालेको दाबी छ।