मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १५ मंगलबार
  • Wednesday, 18 December, 2024
२o७९ कार्तिक १५ मंगलबार o६:५५:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक १५ मंगलबार o६:५५:oo

अनुमति नै नभएको उडानको टिकट काट्दा सयौँ यात्रु अलपत्र परे । तिनको व्यवस्थापन कसरी गरिरहनुभएको छ ?
निगमले काठमाडौं–दिल्ली सातामा १४ उडान गथ्र्यो । तर, एक साताअघि विन्टर सेड्युल जारी हुँदा १० उडान मात्रै स्वीकृत भयो । हामीले अन्तिम समयसम्म उडान अनुमति पाइन्छ कि भनेर कोसिस गर्‍यौँ । तर, अनुमति पाइएन । उडान रद्द भएका यात्रुलाई वैकल्पिक व्यवस्थाबाट गन्तव्यमा पुर्‍याउँदै छौँ । तेस्रो मुलुकको ‘कनेक्टिङ फ्लाइट’ भएका यात्रुलाई प्राथमिकता दिएका छौँ । 

निगमको कमजोरीका कारण ‘कनेक्टिङ फ्लाइट’ छुटेका यात्रुको हवाई भाडा निगमले व्यहोर्छ ?
हामीले कनेक्टिङ फ्लाइट भएका यात्रुलाई प्राथमिकतामा राखेका छौँ । आइतबारदेखि नै त्यस्ता यात्रुलाई वैकल्पिक व्यवस्था गरेर उडाइरहेका छौँ । यति गर्दा पनि सिट नपाएर गन्तव्यमा पुर्‍याउन नसकिएका यात्रु हुन सक्छन् । हाम्रो कारणले कनेक्टिङ फ्लाइट छुट्यो भने अर्को उडानमा हवाई टिकटको खर्च निगमले नै व्यहोर्नुपर्ने हुन सक्छ । 

व्यस्त गन्तव्य काठमाडौं–दिल्ली उडान सुचारु राख्न कहिलेदेखि भैरहवाबाट उडान गर्नुहुन्छ ?
नयाँ विमानस्थलबाट उडान गर्न तयारी गर्नुपर्ने हुन्छ । त्यसका लागि समय चाहिन्छ । हामीले प्राधिकरणसँग समय मागेका थियौँ, तर पाएनौँ । अब निगमको विज्ञ टोली मिटिङ बसेर भैरहवाको उडान तालिका बनाउँछौँ । त्यस वेलासम्म दिल्ली उडान गर्न दिन प्राधिकरणसँग समन्वय भइरहेको छ ।