१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १४:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

एकीकृत समाजवादीको घोषणा : पूर्व–पश्चिम मेघा नहर, वृद्धभत्ता वृद्धि [पूर्णपाठ]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १४:५४:oo

राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा, स्थिरता तथा आर्थिक–सामाजिक रुपान्तरणको माध्यमबाट मुलुकलाई समृद्ध बनाउने मुख्य नारासहित एकीकृत समाजवादीले आसन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ।

घोषणापत्रमा निर्वाचन प्रणली सुधार गर्ने,  बाँझो भूमिको उपयोग, कृषि बिमाको व्यवस्था गर्ने, मल कारखाना स्थापना गर्नेलगायतका विषय समेटिएको छ। त्यसैगरी, कृषि उत्पादन प्रांगारिक मलमा आधारित बनाउँदै प्रांगारिक विषादी प्रयोग गर्ने तथा ज्येष्ठ नागरिक भत्ता क्रमशः बढाउँदै लैजाने एकीकृत समाजवादीको घोषणा छ।

‘नेपालको पानी नेपालमै’ भन्ने अवधारणाका साथ पूर्वदेखि पश्चिमसम्मका सबै नदीलाई जोडी ‘पूर्व–पश्चिम मेघा नहर’ बनाई सिँचाइ, खानेपानी तथा जलमार्गको विकास गर्ने घोषणापत्रमा उल्लेख छ।

प्रमुख खाद्यबालीको समर्थन मूल्य निर्धारण गर्ने ‘एक पालिका, एक उद्योग ग्राम’को व्यवस्था गर्ने, हरेक परिवारलाई मासिक दुई सय युनिटसम्म विद्युत् महसुल छुट दिने, तराईका सबै जिल्लामा राजमार्गदेखि नेपाल–भारत सीमासम्म फराकिला राजमार्ग निर्माण गर्ने, काठमाडौं उपत्यकामा तीनवटा चक्रपथ निर्माण तथा विस्तार गर्नेलगायतका चुनावी घोषणा सो पार्टीले सार्वजनिक गरेको छ।

यस्ताे छ घाेषणापत्र :

ad
ad