१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १४ सोमबार
  • Wednesday, 26 June, 2024
२o७९ कार्तिक १४ सोमबार १o:३६:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

जाडोमा यसरी गर्ने छालाको हेरचाह

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक १४ सोमबार १o:३६:oo

समस्या 
जाडोयाममा ओठ फुट्ने, हातखुट्टा, पैताला फुट्ने, चिरा पर्ने, टाउकोमा चाया पर्ने, अनुहारमा गाला फुट्ने, सुक्खा हुने, शरीर चिलाउनेलगायतका समस्या देखिन्छन् । चिसोले गर्दा टाउकोदेखि पैतालासम्म सुक्खापनको समस्या आउन सक्छ । 

कत्ले रोग : जाडो समयमा देखिने समस्यामध्ये सोरियासिस अर्थात् कत्ले रोग पनि हो । जाडोको समयमा छाला अरू वेलाभन्दा बढी सुक्खा हुने हुँदा समस्या हुन्छ । गर्मीमा भन्दा जाडो भएपछि कत्लाजस्तो भएर फुस्रो हुने र चिलाउने समस्या देखिन्छ ।
चाया : जाडोयाममा चाया पर्ने समस्याले धेरैलाई सताउँछ । यस मौसममा चिसोले गर्दा राम्रोसँग हाम्रो शरीरको हेरचाह गर्न सक्दैनौँ, अनि यो समस्या धेरै हुन्छ । कपालमा चाया पर्ने समस्या पनि जाडोयाममा बढी देखिन्छ । 
लुतो : कतिपयमा लुतोको समस्यामा पनि देखिने गर्छ । विशेषगरी समूहमा बस्ने मानिस (होस्टेल, ब्यारेक)मा लुतोको समस्या देखिने जोखिम धेरै रहन्छ । 
एलर्जी : जाडोयाममा विशेषगरी डेढ–दुईदेखि १२ वर्ष उमेरसम्मको बालबालिकामा एलर्जी देखिन सक्छ । 
घामको एलर्जी : जाडोयाममा मानिस घाम ज्यादा तापेर बस्ने गर्छन् । सीधै घाममा बस्दा एलर्जी हुन सक्छ । त्यस्तै, अत्यधिक चिसो हुँदा बेलुकीको समय धेरैले हिटर ताप्ने गर्छन् । हिटर ताप्दा छाला रातो हुने समस्या हुन्छ । तातो पानी तथा हिटरले छाला जल्ने समस्या निम्त्याउँछ । त्यस्तै, कतिपयमा हातखुट्टाका औँलाका टुप्पा सुन्निने गर्छ । शरीरमा चिसोले गर्दा रक्तसञ्चार कम हुँदा यसरी टुप्पा सुन्निन्छन् । रगतको धमनी खुम्चन पनि सक्छ । 

कसरी हेरचाह गर्ने ? 

  • पूरा शरीर ढाक्ने, पूरा बाउला भएको न्यानो लुगा लगाउने । 
  • पन्जा, मोजा लगाउने । 
  • तापक्रम मेन्टेन गरेर बस्ने ।
  • नुहाइसकेपछि र राति सुत्नुअघि मोस्चराइजरको प्रयोग गर्ने । यसले छाला सुक्खा हुन दिँदैन । मोस्चराइजर क्रिम उपलब्ध नभएको अवस्थामा नरिवलको तेल प्रयोग गर्ने । 
  • छाला सुक्खा गर्ने साबुन प्रयोग नगर्ने । 
  • घाममा निस्कनुअघि सनस्क्रिन तथा लोसन लगाउने । 
  • दैनिक चार लिटर पानी पिउने । 
  • नियमित व्यायाम गर्ने । 
  • केही समस्या परेमा छालारोग विशेषज्ञसँग सम्पर्क गरी उपचार गर्ने ।
ad
ad
ad
ad