१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १३ आइतबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ कार्तिक १३ आइतबार १o:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अन्तर्वार्ता प्रिन्ट संस्करण

राजनीतिक विश्लेषक कृष्ण खनाललाई तीन प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ कार्तिक १३ आइतबार १o:३३:oo

कांग्रेसले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । समग्रमा अहिलेसम्म दलहरूले ल्याएका घोषणापत्र कस्तो पाउनुभएको छ ?
निर्वाचनमा औपचारिक र कर्मकाण्डी रूपमा मात्रै घोषणापत्र आउने गरेका छन् । सामान्य जनतालाई यसले कुनै उत्साह दिन सकेको छैन । निर्वाचनपछि दलहरूले घोषणापत्रमा गरेका प्रतिबद्धतालाई हेर्न र पूरा गर्न कुनै पहल हुने गरेको छैन । दलहरूले गरेका प्रतिबद्धतालाई कार्यान्वयमा लैजान त्यसलाई नेतृत्वले अगाडि बढाउनुपर्छ, सरकारको नीति तथा कार्यक्रममा ती प्रतिबद्धता समावेश हुनुपर्छ । तर, सत्तामा पुगेपछि पनि दलहरूले यसतर्फ ध्यान दिने गरेको देखिन्न । 

असम्भव विषय पनि घोषणापत्रमा किन आउने गर्छन् ?
संवृद्धि र सम्मुन्नतिका कुरामाथि कसैको असहमति हुँदैन । त्यसैले, आममतदातालाई झुक्याउन प्रतिबद्धता मात्रै गरे हुने भएपछि दलहरूले यस्ता मनगढन्ते र असम्भव खालका सपना बाँड्न थाले । परिणामस्वरूप दलहरूको घोषणापत्र औपचारिक, कर्मकाण्डी र जनता झुक्याउने मेलो बन्दै गएका छन् । तर, यति भन्दाभन्दै पनि घोषणापत्रमा सबै असम्भव विषय मात्रै पनि आउने गरेका छैनन् भन्ने होइन । त्यसलाई पूरा गर्न नेतृत्वमा रहेकाहरू चुकिरहे र जनताले पनि यसलाई गम्भीर रूपमा लिन छाडे भन्न खोजेको हुँ । 

गरेका प्रतिबद्धता पूरा गर्न दलहरूलाई कसरी जवाफदेही बनाउन सकिएला ? 
दलले घोषणापत्रका वाचा पूरा गर्ने प्रतिबद्धता र इमानदारी देखाउनुपर्छ । जनस्तरबाट पनि यस विषयमा प्रश्न आउनुपर्छ । 

ad
ad
ad
ad