मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १३ आइतबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ कार्तिक १३ आइतबार १o:१२:oo
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

साइकल कुदाए फाइदै–फाइदा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ कार्तिक १३ आइतबार १o:१२:oo

साइक्लिङ जुनसुकै उमेरका लागि पनि उपयुक्त एक्सरसाइजको माध्यम हो । विशेष गरी, तराई–मधेसमा साइकल यातायातको गतिलो माध्यम बनेको छ । दैनिकी बन्ने गरेको साइकलले स्वास्थ्यलाई फाइदा पुर्‍याउँछ भन्ने धेरैलाई थाहा नहोला । यदि थाहा छैन भने जान्नुहोस्– दैनिक २० मिनेट साइक्लिङ गर्दा मानिस पूर्ण रूपमा स्वस्थ रहने एक अध्ययनले जनाएको छ । अब जानौँ, साइक्लिङ गर्दाका लाभ :

रक्तचाप नियन्त्रण
नियमित साइकल चलाउँदा शरीरमा रक्तसञ्चार राम्ररी हुन्छ । साइक्लिङले रगतमा अक्सिजनको मात्रा आपूर्ति हुने भएकाले रक्तसञ्चारमा सुधार आउँछ । त्यस्तै, साइकल इन्धनविना चल्ने भएकाले प्रदूषणबाट समेत बच्न सकिन्छ । जसले शरीरमा रोगप्रतिरोधी क्षमता वृद्धि हुन्छ । 

मांसपेशी मजबुत 
साइक्लिङ गर्नु सजिलो एक्सरसाइज हो । जसले जोर्नीमा लचकता ल्याउँछ । नियमित साइक्लिङ गर्दा मांसपेशी बलियो बनाउन मद्दत पुग्छ । साथै, साइकल चलाउँदा पछिल्तिरका हड्डी सक्रिय रहने हुनाले ढाड र गर्दनको दुखाइबाट समेत राहत पाउन सकिन्छ । 

मोटोपन घट्छ
दैनिक करिब २० मिनेट साइक्लिङ गर्दा शरीरमा हजार क्यालोरी खपत हुन्छ । त्यसैले, साइक्लिङ गर्नेले बढी क्यालोरीयुक्त खाना खाँदा पनि केही फरक पर्दैन । यसरी सहजै व्यवस्थापन हुने हुँदा आफूलाई मन परेको खाना मज्जाले खान सकिन्छ । यसबाहेक, मोटोपन भएका व्यक्तिले साइक्लिङ गरेमा अन्य व्यायाम गर्नुपर्दैन । स्वतः तौल नियन्त्रण हुन्छ ।

दिमागी शक्ति बढाउँछ
अमेरिकास्थित इलिनोइस विश्वविद्यालयका प्राध्यापकहरूले गरेको एक अध्ययनले स्वच्छ वातावरणमा नियमित साइक्लिङ गर्ने व्यक्तिमा अरूको तुलनामा दिमागी शक्ति (बे्रन पावर) बढी हुने देखाएको छ । साइकल चलाउँदा शरीरमा ब्रेन सेलको निर्माण हुने भएकाले मस्तिष्क विकासका लागिसमेत यो उपयोगी मानिएको छ ।