१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक ७ सोमबार
  • Wednesday, 03 July, 2024
तेजराज भट्ट काठमाडाैं
२o७९ कार्तिक ७ सोमबार o७:१o:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार

कर्णालीमा गठबन्धनको सभा, धनगढीमा प्रशिक्षण : शीर्ष नेताले भने– संविधान बचाउन गठबन्धनको जित आवश्यक

Read Time : > 1 मिनेट
तेजराज भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o७९ कार्तिक ७ सोमबार o७:१o:oo

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरेर सत्तारूढ पाँचदलीय गठबन्धनले धनगढीमा आइतबार संयुक्त प्रशिक्षण कार्यक्रम गरेको छ । कांग्रेस, माओवादी, एकीकृत समाजवादीलगायत गठबन्धनमा आबद्ध दलका सुदूरपश्चिम प्रदेशभरिका अगुवा नेता–कार्यकर्ता सहभागी प्रशिक्षणलाई गठबन्धनका शीर्ष नेताहरूले सम्बोधन गरे ।

प्रशिक्षणमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले चुनावपछि गठबन्धनकै सरकार रहने दाबी गरे । उनले संविधानको रक्षाका लागि गठबन्धन बनाउनुपरेको प्रस्ट पार्दै अहिलेको चुनाव संविधानको रक्षा गर्ने र संविधानमाथि प्रहार गर्नेबीचको प्रतिस्पर्धा भएको बताए । यो चुनावले नै मुलुक अब कुन बाटोमा जाने भन्ने तय गर्ने प्रधानमन्त्री देउवाको भनाइ थियो ।‘यो चुनाव मात्र होइन, लामो संघर्षपछि प्राप्त संविधान, संघीय शासन प्रणाली, समावेशिता बचाउने कि नबचाउने भन्ने विषय पनि हो,’ उनले भने, ‘संविधान र संघीय शासन प्रणाली बचाउनका लागि पनि गठबन्धनको जित आवश्यक छ ।’ 

माओवादी अध्यक्ष प्रचण्डले एमाले र राप्रपालगायत दलहरूको गठबन्धनको उद्देश्य संविधान उल्ट्याउनु र राजतन्त्र ल्याउनु रहेको बताए । ‘४ मंसिर अग्रगमन र प्रतिगमनबीचको महासंग्रामका रूपमा हुँदै छ । संविधान, संघीयता, समावेशिताको रक्षा गर्न हाम्रो गठबन्धन बनेको हो,’ एमालेसहितको विपक्षी गठबन्धनलाई लक्षित गर्दै उनले भने, ‘इतिहासले रक्षानमा मिल्काएको राजतन्त्र स्थापित गर्ने उद्देश्य बोकेकाहरूको अर्को गठबन्धन पनि छ ।’ वामपन्थी शक्ति र कांग्रेस मिलेका वेला विगतमा मुलुकमा ठूलठूला परिवर्तन भएको उल्लेख गर्दै प्रचण्डले वर्तमान गठबन्धन पनि संविधान रक्षाकै लागि बनेको दाबी गरे ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरूले विगतमा समयमै कदम चालेकाले संविधान, संघीयता, समावेशिता जोगिएको बताए । ‘म कांग्रेस हुँ, रुखबाहेकमा भोट हाल्दैन, म माओवादी हुँ हँसिया हथौडाबाहेकमा भोट हाल्दैन, म समाजवादी हुँ कलमबाहेकमा भोट हाल्दैन’ भन्ने मानसिकता त्याग्न उनले आग्रह गरे । ‘बयलगाडाका प्रवर्तक केपी ओली राजतन्त्र फाल्नु र बयलगाडामा अमेरिका जानुजस्तै असम्भव हो भन्थे, तर हामी मिलेर राजतन्त्र फाल्यौँ,’ नेपालले भने । 

ad
ad
ad
ad