१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक ६ आइतबार
  • Thursday, 03 July, 2025
२o७९ कार्तिक ६ आइतबार १८:१२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चुनावमा होमियो लमजुङ, मतदाता रिझाउन गाउँ पसे उम्मेदवार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक ६ आइतबार १८:१२:oo

मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभाका उम्मेदवार यतिवेला गाउँ–गाउँ पुगेर मतदातालाई रिझाउन व्यस्त छन्। विभिन्न दलबाट उम्मेदवार बनेकाहरू आफ्नो पक्षमा मत माग्न व्यस्त रहेका हुन्। 

प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा आफ्नो पक्षमा जित हासिल गर्न लमजुङमा रहेका दलहरू एजेन्डासहित गाउँ–गाउँ पुगेका हुन्। जिल्लामा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले अगुवा कार्यकर्ता भेला, पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रम गरिरहेका छन्। नेपाली कांग्रेस लमजुङका सचिव कृष्णबहादुर अधिकारीले उम्मेदवारहरू प्रचारप्रसार तथा भेटघाटमा व्यस्त रहेको बताए। लमजुङमा सत्तागठबन्धनका दलहरूका उम्मेदवारहरू सँगसँगै कार्यक्रममा हिँडेका छन्। 

प्रतिनिधिसभा माओवादीले र प्रदेश सभा ‘क’ र ‘ख’ मा कांग्रेसले उम्मेदवारी दिएको छ। नेकपा एमाले लमजुङका अध्यक्ष कृष्णप्रसाद अधिकारीले निर्वाचन केन्द्रित भेला तथा कार्यक्रमहरू भइरहेको बताए। प्रदेश सभा ‘ख’ का उम्मेदवार पनि भएकाले मतदातासँगको भेटघाटलाई तीव्र पारेको बताए।

प्रतिनिधिसभा सदस्यमा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङबीच कडा प्रतिस्पर्धा हुने भएको छ। प्रदेश सभा (क) मा एमालेका जमिन्द्रमान घले र कांग्रेसका टकराज गुरुङ, प्रदेश सभा (ख) मा एमालेका कृष्णप्रसाद अधिकारी र कांग्रेसका भेषबहादुर पौडेल चुनावी मैदानमा छन्। 

प्रतिनिधिसभामा एकजना स्वतन्त्रसहित ११ जना उम्मेदवार छन्। प्रदेश सभा (क) मा पाँच जना र प्रदेश सभा (ख) मा छ जना उम्मेदवार रहेको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए।