१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ कार्तिक ६ आइतबार १७:३०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मिडिया अनुगमन गर्न प्रेस काउन्सिलले बनायो सुझाब समिति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ कार्तिक ६ आइतबार १७:३०:००

प्रेस काउन्सिल नेपालले निर्वाचनकेन्द्रित मिडिया अनुगमनलाई प्रभावकारी बनाउन नेपाल पत्रकार महासंघ र काउन्सिलका पूर्वअध्यक्ष संलग्न सुझाब समिति गठन गर्ने निर्णय गरेको छ। काउन्सिलको आइतबार बसेको बोर्ड बैठकले अध्यक्ष बालकृष्ण बस्नेतको संयोजकत्वमा समिति बनाउने निर्णय गरेको हो। 

चुनावलाई स्वच्छ, निष्पक्ष र भयरहित तवरले सम्पन्न गराउन सञ्चारमाध्यम र समग्र मिडिया जगतको ठूलो हात हुने भएकाले उक्त भूमिकालाई सबल र अनुगमनलाई प्रभावकारी बनाउन समितिले आवश्यक सुझाबसमेत दिनेछ, काउन्सिलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

आउँदो मंसिर ४ गते हुन लागिरहेको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको सन्दर्भमा प्रेस काउन्सिल नेपालले गत असोज २८ गतेदेखि सञ्चारमाध्यममा निर्वाचन आचारसंहिताको विशेष अनुगमन गरिरहेको छ। 

यसलाई थप प्रभावकारी र परिणाममूलक बनाउनका लागि काउन्सिलको आइतबार बसेको बोर्ड बैठकले निर्वाचनकेन्द्रित आचारसंहिता अनुगमन सुझाब समितिसमेत गठन गर्ने निर्णय गरेको हो। 

साथै, बैठकले चुनावका वेला सञ्चारकर्मीले कायम गर्नुपर्ने तटस्थता, आचारसंहिता पालनाका विषयलाई थप प्रभावकारी बनाउन नेपाल पत्रकार महासंघसँगसमेत आवश्यक छलफल र सहकार्य गर्ने निर्णयसमेत गरेको छ।