मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक ५ शनिबार
  • Monday, 16 December, 2024
म्याड्रिड
२o७९ कार्तिक ५ शनिबार o८:११:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

लेवान्डोस्कीले पूरा गरे व्यक्तिगत ६ सय गोल

Read Time : > 1 मिनेट
म्याड्रिड
नयाँ पत्रिका
२o७९ कार्तिक ५ शनिबार o८:११:oo

पोल्यान्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले भिल्ला रियलविरुद्ध दुई गोल गर्दै करिअरकै ६ सय गोल पूरा गरे

रोबर्ट लेवान्डोस्कीले फुटबल करिअरमा व्यक्तिगत ६ सय गोल पूरा गरेका छन् । स्पेनिस ला लिगामा बार्सिलोनाले भिल्ला रियलमाथि ३–० को जित निकाल्दा लेवान्डोस्कीले दुई गोल गरेका थिए । उनले खेलको ३१औँ मिनेटमा बार्सिलोनालाई १–० को अग्रता दिलाउँदा करिअरकै ६ सय गोल गरे । खेलको ३५औँ मिनेटमा उनले बार्सिलोनालाई २–० को स्थितिमा राखे । पहिलो गोलमा अल्वा र दोस्रो गोलमा गाभिनको पासमा उनले गोल गरेका थिए । 

जितसँगै बार्सिलोनाले शीर्ष स्थानको रियल म्याड्रिडसँगको तीन अंकको दूरी छोट्याएको छ । बार्सिलोनाले १० खेलबाट २५ अंक जोडेको छ । साबिक विजेता रियलले २८ अंक बनाएको छ । यसै सिजनमा उनी बुन्डेस लिग च्याम्पियन बायर्न म्युनिखबाट बार्सिलोनामा आबद्ध भएका थिए । बार्सिलोनाबाट अहिलेसम्म १४ खेलमा उनले १६ गोल गरेका छन् । लेवान्डोस्की बार्सिलोनासँग ४२.६ मिलियन पाउन्डमा आबद्ध भएका हुन् ।

फुटबल इतिहासमा सन् २००० पछि लियोनल मेसी तथा क्रिस्टियानो रोनाल्डोपछि व्यक्तिगत ६ सय गोल गर्ने लेवान्डोस्की तेस्रो खेलाडी बनेका छन् । आठ वर्ष बायर्नमा बिताएका लेवान्डोस्कीले वुन्डेस लिगमा तीन सय ७५ खेलमा तीन सय ४४ गोल गरेका थिए । यसैगरी, वुन्डेस लिगकै बोरुसिया डर्टमुन्डबाट चार वर्ष प्रतिस्पर्धा गर्दा एक सय ८६ खेलमा उनले एक सय तीन गोल गरे । उनले पोलिस क्लब जिनिकबाट २१ गोल, पोलिस क्लब र लेच पोजनानबाट २१ गोल गरेका छन् । यसैगरी, राष्ट्रिय टोली पोल्यान्डबाट लेवान्डोस्कीले एक सय ३४ खेलमा ७६ गोल गरेका छन् ।

फुटबल इतिहासमा व्यक्तिगत सर्वाधिक गोल गर्ने खेलाडीमा लेवान्डोस्की ११औँ खेलाडी हुन् । पोर्चुगलका रोनाल्डो शीर्ष स्थानमा छन् । उनले सर्वाधिक आठ सय १७ गोल गरेका छन् । अर्जेन्टिनी कप्तान लियोनल मेसी सात सय ८१ गोलका साथ दोस्रो स्थानमा छन् । ब्राजिललाई तीनपटक विश्वकप दिलाएका पेले चौथो स्थानमा रहेका छन् । उनले सात सय ६२ गोल गरेका छन् ।