Skip This
चुनाव जित्नु मात्रै गठबन्धनको उद्देश्य होइन : प्रचण्ड  
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक ४ शुक्रबार
  • Saturday, 27 July, 2024
२o७९ कार्तिक ४ शुक्रबार २o:३५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चुनाव जित्नु मात्रै गठबन्धनको उद्देश्य होइन : प्रचण्ड  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक ४ शुक्रबार २o:३५:oo

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको निर्वाचन परिवर्तन रक्षाधर र परिवर्तन उल्लटाउने शक्तिबीचको लडाइँ भएको बताएका छन्।

सत्तागठबन्धनले लुम्बिनी प्रदेशमा आयोजना गरेको प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले त्यसको अन्तिम फैसला मंसिर ४ गते आउने बताए। 

अहिलेको गठबन्धन निर्वाचन जित्नको लागि बनाएको नभई राष्ट्र, लोकतन्त्र, गणतन्त्रको रक्षाको लागि भएको भन्दै उनले ढुक्कसँग गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे। 

उनले संविधान, लोकतन्त्र, गणतन्त्रलाई उल्ट्याउनेविरुद्ध आफूहरु गठबन्धन गरेर निर्वाचनमा गएको दाबी गरे। ‘मंसिर ४ को निर्वाचनमा कुन नेता वा दलले जित्ने हार्नेमात्र नभई देश, संविधान र लोकतन्त्रले जित्ने कि हार्ने भन्ने कुराको निर्धारण गर्नेछ’, उनले भने, ‘यही कारण राजनीतिक सहमति गरी हामी गठबन्धन बनाएर अघि बढेका छौँ।’

प्रचण्डले बृहत् उद्धेश्यका लागि गठबन्धन बनाएको दाबी गर्दै भने, ‘अहिले प्रस्टसँग दुइवटा ब्याटल देखिएको छ। देशले जित्ने हो कि होइन, संविधानले जित्ने हो कि होइन, लोकतन्त्रले जित्ने हो कि होइन भन्ने यक्ष प्रश्नको जवाफ जनताले दिने अवसर आएको छ र जसरी पनि दिनुपर्छ।’

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले गठबन्धनको एकता देखेर प्रतिगमनकारी आत्तिएको आरोप लगाए। यस्तै राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले प्रतिगमनविरुद्ध पाँच दलीय गठबन्धन बनेको र आगामी निर्वाचनमा पनि कायम राख्नका लागि सत्तारुढ गठबन्धनले जित्नुपर्ने बताए। ‘हामीले नजिते फेरि प्रतिगमन फर्कन सक्छ, यसतर्फ सचेत हौं’, उनले भने।