१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७९ कार्तिक ४ शुक्रबार १४:०९:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

टुंगियो जेरार्डको एस्टन भिल्ला यात्रा

Read Time : < 1 मिनेट
२०७९ कार्तिक ४ शुक्रबार १४:०९:००

इंग्लिस प्रिमियर लिग क्लब एस्टन भिल्लाका म्यानेजर स्टेभन जेरार्ड बर्खास्त भएका छन् । बिहीबार फुलहमसँग ३–० ले पराजित भएपछि जेरार्ड बर्खास्त भएका हुन् । 

क्लबका प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै उनी बर्खास्त भएको पुष्टि गरेका छन् । विज्ञप्तिमा जेरार्डको कठिन परिश्रम र प्रतिबद्धताका लागि धन्यवाद दिँदै भविष्यमा उनको सफलताको कामना गरिएको छ । 

सन् २०२१ को नोभेम्बरमा रेन्जर्स क्लब छाड्दै उनले भिल्लाको नेतृत्व सम्हालेका थिए । ४२ वर्षीय इंग्ल्यान्डका पूर्वमिडफिल्डरले ११ महिना क्लबको नेतृत्व सम्हाल्दा भिल्लालाई ४० खेलमा १३ जित मात्र दिलाउन सके । जारी सिजनमा भिल्लाले दुई खेल मात्र जितेको छ भने गोलअन्तरको आधारमा मात्रै रेलिगेसन क्षेत्रभन्दा बाहिर रहेको छ । 

फुलहमविरुद्धको खेलपछि उनले आफू ‘फाइटर’ भएको बताउँदै अन्तिम समयसम्म संघर्ष गर्ने प्रतिक्रिया दिएका थिए । तर, त्यसको एक घन्टपछि नै उनी बर्खास्तीमा परे ।