१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार o९:१५:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

डुवाना सर्वाधिक पदक जित्ने खेलाडी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o९:१५:oo

गण्डकी प्रदेशमा बिहीबार सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पौडीकी डुवाना लामा सर्वाधिक पदक जित्ने खेलाडी बनेकी छिन् । त्रिभुवन आर्मीबाट प्रतिस्पर्धा गरेकी डुवाना सर्वाधिक नौ स्वर्ण पदक जित्ने खेलाडी बनेकी हुन् । यस्तै, जिम्न्यास्टिकका राजु राई दोस्रो स्थानमा रहेका छन् । उनले सात स्वर्ण पदक हात पारे ।

यसपटकको राष्ट्रिय खेलकुद प्रतियोगितामा पौडीका अर्का खेलाडी नासिर याह्या हुसेन धेरै पदक जित्ने खेलाडीको सूचीको तेस्रो स्थानमा रहे । आर्मीबाट खेलेका उनले ६ स्वर्ण पदक जिते । आर्मीकै पौडी खेलाडी गौरिका सिंहले पाँच स्वर्ण पदक जितिन् । एनआरएनएकी पौडी खेलाडी एस्ली सापकोटाले पनि पाँच स्वर्ण हात पारिन् । आर्मी क्लबकी एथलेटिक्स खेलाडी जयरानी थारूले पनि पाँच स्वर्ण हात पारिन् । 

दुवाथलन
दुवाथलनको पुरुषतर्फ नेपाल पुलिस र महिलामा आर्मीले स्वर्ण पदक जितेका छन् । ५ किमि दौड, २० किमि साइक्लिङ र २.५ किमि दौड प्रहरीका किरण लिम्बूले एक घन्टा २२ सेकेन्डमा पार गर्दै पुरुषतर्फ स्वर्ण पदक जितेका हुन् । निर्धारित दूरी एक घन्टा ११ मिनेट ४४ सेकेन्डमा पार गर्दै आर्मीकी इन्द्रकला नेम्वाङले स्वर्ण पदक हात पारिन् । 

सफ्ट टेनिस
सफ्ट टेनिसतर्फको पुरुष टिम इभेन्ट्समा प्रदेश १ ले स्वर्ण जितेको छ । बिहीबार भएको फाइनल खेलमा प्रदेश १ ले नेपाल प्रहरीलाई २–१ को सेटले पराजित गर्दै स्वर्ण जितेको हो । प्रदेश १ का स्वर्ण पदक प्राप्त गर्ने खेलाडीमा युकेश योञ्जन, अशिष बोहरा, अशलेष ढकाल, आभास बुढाथोकी र जयेन्द्रविक्रम राना छन् । 

कबड्डी
आर्मीले कबड्डीमा पुरुष र महिलातर्फ उपाधि रक्षा गरेको छ । पुरुष फाइनलमा लुम्बिनी प्रदेशलाई ४१–२० ले र महिलातर्फ नेपाल पुलिस क्लबलाई ३०–२३ ले पराजित गर्दै आर्मीले दोहोरो स्वर्ण जितेको हो । प्रतियोगितामा पुरुषतर्फ सुदूरपश्चिम दोस्रो र नेपाल पुलिस तेस्रो स्थानमा रह्यो । महिलातर्फ लुम्बिनीले रजत र एपिएफले कांस्य पदक जित्यो । आर्मीले सातौँ र आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि महिला तथा पुरुष दुवैमा स्वर्ण जितेको थियो । प्रतियोगितामा महिला तथा पुरुषमा गरी सात प्रदेश र तीन विभागीय टोली सहभागिता रहेको थियो ।

टेनिस
टेनिसमा आर्मीले चार स्वर्णसहित दश पदक जितेर टिम च्याम्पियन बनेको छ । गण्डकीले तीन स्वर्ण र दुई कांस्यसहित पाँच पदक जितेर दोस्रो स्थान रक्षा गर्‍यो । बागमतीले एक स्वर्ण र चार रजत पदक हात पार्‍यो । नेपाल प्रहरीले एक रजत र तीन कांस्य पदक जित्दा एनआरएनले एक रजतमा चित्त बुझायो । टेनिसको पुरुष एकल फाइनलमा गण्डकीका प्रदीप खड्का र महिलातर्फ नेपाली सेनाकी अभिलाषा विष्टले स्वर्ण पदक जितिन् । महिला एकलमा आर्मीकी अभिलाषाले आफ्नै क्लबका इरा रावतलाई ६–१ र ६–२ सेटमा पराजित गर्दै स्वर्ण हात पारिन् । 

 

ad
ad