मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक ४ शुक्रबार
  • Tuesday, 17 December, 2024
२o७९ कार्तिक ४ शुक्रबार o६:o३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

ओलीको आश्वासन : एमाले सरकार बनेपछि वृद्धभत्ता पाँच हजार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक ४ शुक्रबार o६:o३:oo

एमाले अध्यक्ष केपी ओलीले निर्वाचनपछि वृद्धभत्ता पाँच हजार पुर्‍याउने आश्वासन दिएका छन् । झापाको दमकमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले एमाले नेतृत्वको सरकार बनेपछि वृद्धाभत्ता बढाएर पाँच हजार पुर्‍याउने आश्वासन दिएका हुन् । 

‘हामीले एक सयबाट सुरु गरेको वृद्धभत्ता चार हजार पुगेको छ । चुनावपछि एमाले सरकार बन्छ र त्यसले पाँच हजार पुर्‍याउँछ,’ उनले भने, ‘हामीले सबै क्षेत्रमा असाधारण काम गरेका छौँ, कर्मचारीको तनखा २५ प्रतिशत बढेको इतिहास सायद थिएन, तर हामीले बढायौँ ।’ ओलीले ४ मंसिरको चुनावपछि पनि राप्रपा र जसपालाई जोगाउने दायित्व एमालेको भएको समेत बताए । 

‘यो चुनावी तालमेल चुनावसम्मलाई मात्र होइन, चुनावभन्दा पछिसम्म हो । सरकार बनाउँदा पनि उहाँहरूलाई हामी साथै लिएर जान्छौँ,’ उनले भने, ‘किनभने उहाँहरूलाई एमालेको साथ किन लागिस् भनेर पनि हमला गर्न सक्छन् । त्यसबाट उहाँहरूलाई हामीले जोगाउनुपर्छ । हामीले उहाँहरूको साथ लिएका छौँ, साथ दिएका छौँ ।’

४ मंसिरको निर्वाचनपछि राप्रपा र जसपालाई साथै लिएर एमाले नेतृत्वमा सरकार बनाउने उनको भनाइ छ । उनले झापामा राप्रपाले एमालेलाई पूर्ण सहयोग गर्ने विश्वास व्यक्त गरे । ‘हामी प्रतिनिधिसभामा झापा ३, प्रदेश सभातर्फ क्षेत्र नम्बर १ (ख) र ४ (ख) मा राप्रपालाई सहयोग गर्छौँ,’ उनले भने, ‘अन्य ठाउँमा प्रत्यक्षमा राप्रपाले हामीलाई साथ दिन्छ । समानुपातिकमा आफ्नो–आफ्नो ठाउँमा भोट हाल्छ ।’