एमाले अध्यक्ष केपी ओलीले निर्वाचनपछि वृद्धभत्ता पाँच हजार पुर्याउने आश्वासन दिएका छन् । झापाको दमकमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले एमाले नेतृत्वको सरकार बनेपछि वृद्धाभत्ता बढाएर पाँच हजार पुर्याउने आश्वासन दिएका हुन् ।
‘हामीले एक सयबाट सुरु गरेको वृद्धभत्ता चार हजार पुगेको छ । चुनावपछि एमाले सरकार बन्छ र त्यसले पाँच हजार पुर्याउँछ,’ उनले भने, ‘हामीले सबै क्षेत्रमा असाधारण काम गरेका छौँ, कर्मचारीको तनखा २५ प्रतिशत बढेको इतिहास सायद थिएन, तर हामीले बढायौँ ।’