मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ कार्तिक ३ बिहीबार ११:३५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चीनको समृद्धि र आधुनिकीकरणबाट नेपालले सिक्नुपर्छ : पर्यटनमन्त्री श्रेष्ठ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ कार्तिक ३ बिहीबार ११:३५:००

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले छिमेकी मित्रराष्ट्र चीनको समृद्धि र आधुनिकीकरणबाट नेपालले शिक्षा लिनुपर्ने बताएका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ महाधिवेशनका वेला फ्रेन्ड्स अफ सिल्करोड क्लबले ललितपुरमा गरेको फोटो प्रदर्शनी उद्घाटनमा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।

सामाजिक र आर्थिक विकासलाई नयाँ उचाइमा पुर्‍याएर चीन विश्वको पहिलो आर्थिक शक्तिराष्ट्रमा सूचीबद्ध हुन सफल भएको कार्यक्रममा उनले जानकारी थिए । पछिल्लो समय चीनले गरिबी निवारणमा उच्चतम सफलता हासिल गरी गरिबी पूर्ण उन्मूलन गरेको भन्दै उनले औद्योगिकीकरण र सूचना प्रविधिको क्षेत्रमा पाएको सफलताबाट प्रेरणा लिनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा उनले  सीमा जोडिएको र नेपालको विकासमा एक असल मित्रको रूपमा चीन सरकारले  विकास निर्माणमा निरन्तर सहयोग गर्दै आएको बताए । फोटो प्रदर्शनीमा चिनियाँ कम्युनिस्ट पार्टी स्थापना भएको एक सय वर्षको अवसरमा चीनले हासिल गरेका उपलब्धिहरू समेटिएका छन् ।