१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २ बुधबार
  • Saturday, 28 September, 2024
२o७९ कार्तिक २ बुधबार १४:o१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

२८ लाख घुससहित खानेपानी डिभिजन रामेछापका कर्मचारी पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक २ बुधबार १४:o१:oo

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय रामेछापका इन्जिनियर नवराज सत्याल र प्लम्बर बखतबहादुर थापा २८ लाख घुससहित पक्राउ परेका छन्।

१६ लाख नगद र १२ लाखको चेकसहित उनीहरू नगरपालिकाको कार्यालयसँगै जोडिएको इन्जिनियरको क्वार्टरबाट पक्राउ परेका अख्तियारले जनाएको छ। उनीहरूलाई अख्तियारको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो।

इन्छिन गाउँ लिफ्ट खानेपानी आयोजनाको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको कामको भुक्तानीबापत उनीहरूले उक्त रकम घुस लिएको अख्तियारले जनाएको छ।