१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार ११:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

महामारीपछि नेपालबाहिर पहिलोपटक दुबईमा प्रस्तुत हुँदै नेपथ्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार ११:२८:oo

महामारीको लामो छायाकालपछि पहिलो विदेश यात्राका निम्ति नेपथ्य दुबई जाने भएको छ। आगामी नोभेम्बर ६ (कात्तिक २०) ब्यान्ड तेस्रोपटक दुबईमा प्रस्तुत हुँदै छ।

अघिल्लापटकहरूझैँ यसपालि पनि दुबईस्थित ‘अल नासेर लिजरल्यान्ड’मै ब्यान्ड प्रस्तुत हुनेछ। नेपथ्यलाई यसपटक दुबईमा ‘अमृत इभेन्ट्स’ले प्रस्तुत गर्न लागेको हो। चाडबाडको वेला आफन्तबाट हजारौँ किलोमिटर पर रहेका नेपाली दाजुभाइलाई दसैँ, तिहार र छठको संगीतमय कोसेली बोकेर ब्यान्ड त्यसतर्फ जान लागेको हो।

कन्सर्टको टिकट दुबईलगायत आसपासका छेत्रहरूमा समेत उपलब्ध गराइएको आयोजकले जनाएको छ। स्थानीय आयोजकका अनुसार दुबईमा हुने नेपथ्य कार्यक्रमको टिकटको मूल्य ५० तथा १०० युएई दिरहम राखिएको छ। 

कार्यक्रममा ब्यान्डका अगुवा एवं मुख्य गायक अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ र मादलमा शान्ति रायमाझीले साथ दिनेछन्।

ad
ad