१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार ११:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

एथलेटिक्स पाँच हजार मिटर महिलातर्फ सन्तोषीलाई स्वर्ण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार ११:२७:oo

एथलेटिक्स महिला पाँच हजार मिटर दौडतर्फ बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छिन् । नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पोखरा रंगशालामा जारी खेलको निर्धारित दूरी १७ मिनेट ०५.२९ सेकेन्डमा पूरा गर्दै सन्तोषीले  स्वर्ण पदक हात पार्न सफल भएकी हुन् ।

जारी खेलमा सन्तोषीले जितेको यो दोस्रो स्वर्ण पदक हो । यसअघि उनले १० हजार मिटर दौडमा समेत स्वर्ण जितेकी थिइन् ।

१७ मिनेट १२.०५ सेकेन्डमा दूरी पूरा गर्दै नेपाल पुलिस क्लबकी राजपुरा पछाईले रजत र १८ मिनेट ०३ सेकेन्डमा निर्धारित दूरी पूरा गरेकी त्रिभुवन आर्मी क्लबकी पूर्णलक्ष्मी न्यौपानेले कांस्य पदक पाइन्।


 

ad
ad