मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १ मंगलबार
  • Thursday, 19 December, 2024
फाइल तस्बिर
२o७९ कार्तिक १ मंगलबार १५:३६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माधव नेपालकाे आराेप– एमालेको गठबन्धन अपवित्र र अप्राकृतिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक १ मंगलबार १५:३६:oo

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेले गरेको गठबन्धन अपवित्र भएको बताएका छन्। सत्तारूढ गठबन्धनले मंगलबार ललितपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उनले एमालेको विपक्ष गठबन्धन अप्राकृतिक र अपवित्र भएको जिकिर गरे।

गणतन्त्र र संविधान जोगाउने काम गरेकाले सत्तागठबन्धन भने पवित्र भएको उनको दाबी छ। संविधान कुल्चिने र लोकतन्त्र मास्ने तत्कालीन प्रधानमन्त्री केपी ओलीको कदम रोक्नका लागि बनेकाले आफूहरूको गठबन्धन प्राकृतिक र पवित्र रहेको उनको तर्क छ।

‘दुई–दुईपटक संविधान कुल्चने काम भएको थियो। मुलुकलाई अस्थिरतातर्फ लैजाने प्रयत्न भएको थियो। जबर्जस्ती समयभन्दा पहिले नै अधिकार मागेर प्रधानमन्त्रीले प्रतिनिधिसभा भंग गर्ने काम गरेका थिए। त्यसको विपक्षमा हामी उभियौँ । देशको संविधान जोगायौँ। संविधान मात्रै जोगाएको होइन, लोकतन्त्र पनि जोगायौँ,’ उनले भने।

अध्यक्ष नेपालले सत्तारूढ गठबन्धनलाई विजयी गराउन एकताबद्ध भएर अगाडि बढ्न पनि गठबन्धनमा आबद्ध दलका नेता, कार्यकर्तालाई निर्देशन दिए। उनले शासन सञ्चालनमा त्रुटि रहेको औँल्याउँदै त्यसलाई सुधार गरेर अघि बढ्न पनि सरकारलाई सुझाव दिए।