१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज ३१ सोमबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडौँ
२o७९ असोज ३१ सोमबार १९:o८:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

घण्टी चिह्नबाट स्वतन्त्र उम्मेदवार भन्दै प्रचार गरेपछि निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७९ असोज ३१ सोमबार १९:o८:oo

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका लागि जारी आचारसंहिताको उल्लंघनका विषयमा स्पष्टीकरणको शृंखलालाई निरन्तरता दिएको छ। आयोगले मनोनयनपत्र दर्ता गराएका राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्यका काठमाडौं क्षेत्र नं ६ का उम्मेदवार शिशिर खनालले आफूलाई घण्टी निर्वाचन चिह्नबाट स्वतन्त्र उम्मेदवार भनी सामाजिक सञ्जालमार्फत प्रचार–प्रसार गरेको विषयमा २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न पत्राचार गरेको हो।

उक्त घण्टी निर्वाचन चिह्न राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खनालले आफ्नो दलीय आबद्धता स्पष्ट नगरी आफू स्वतन्त्र उम्मेदवार रहेको भनी प्रचार–प्रसार गरेको कार्यबाट निर्वाचनको स्वच्छता र निष्पक्षतालाई प्रभावित गर्ने र आममतदातासमेतलाई भ्रमित गर्ने गरी कार्यबाट जानाजान प्रचलित निर्वाचन कानुनको उल्लंघनसमेत भएको पाइएकाले स्पष्टीकरण सोधिएको छ।

आयोगले खनाललाई 'आफ्नो दलीय आबद्धतालाई स्पष्ट नगरी आफू स्वतन्त्र उम्मेदवार रहेको तथा आफ्नो निर्वाचन चिह्न घण्टी स्वतन्त्र अभियानको रहेको भनी प्रचार–प्रसार गर्ने कार्यले निर्वाचन आचारसंहिताको उल्लंघन हुँदैन भन्ने आधार कारण के छ? तपाईंको दल राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार भई गोलाकारभित्र घण्टी निर्वाचन चिह्नअन्तर्गत निर्वाचन लड्नुभएको हुँदा तपाईंले आफू स्वतन्त्र उम्मेदवार भनी प्रचार–प्रसार गरेको कार्यले तपाईं दलको उम्मेदवार हो वा स्वतन्त्र उम्मेदवार हो भन्नेबारेमा ठाडो भ्रम सिर्जना गरेको देखिएकाले तपाईंले स्वतन्त्र उम्मदेवारको आवरण प्रयोग गरी निर्वाचनको सम्मुखमा झुठपूर्ण तथा भ्रमपूर्ण कार्य गरेको होइन भनी पुस्ट्याइँ गर्ने आधार/ कारण के छ? तपाईंबाट उक्त कार्य भएको अवस्थामा निर्वाचन आचारसंहिताको उल्लंघन हुने भएकाले तपाईंलाई निर्वाचन आचारसंहिताको उल्लंघनमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम जरिवाना किन गर्नु नपर्ने हो? पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग नेपालमा उपस्थित भई वा आफ्नो प्रतिनिधिमार्फत स्पष्टीकरण पेस गर्नुहोला,' भनी स्पष्टीकरण सोधेको छ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ९ को उपदफा (४)बमोजिम दर्ता भएको दलको नाम, झण्डा र चिह्न अरू कसैले प्रयोग गर्न नपाउने गरी संरक्षण गरिने व्यवस्था रहेको छ।

ad
ad
ad
ad