१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १८:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

राइड सेयरिङ एप ‘जाऊँ गुरु’ सार्वजनिक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १८:४८:oo

नयाँ राइड सेयरिङ एप ‘जाऊँ गुरु’ सुरु भएको छ। नेपालमा बढ्दो रूपमा रहेको ‘राइड सेयर एप’को भिडमा जाऊँ गुरु प्रालिले आइतबार काठमाडौंस्थित होटेल र्‍याडिसनमा एक कार्यक्रमका बीच ‘जाऊँ गुरु’ को औपचारिक उद्घाटन गरिएको हो।

यस कम्पनीको लगानीकर्तामा तीन युवाहरू इन्द्रहाङ लिङ्देन, खुसी लिम्बू र दिवाकर अर्यालले सामूहिक लगानी गरेका छन्। प्रवासमा रहेका लिङ्देन र लिम्बू लन्डनमा बसेर व्यापार व्यवसाय र समाजसेवामा आबद्ध छन् भने अर्यालले युथ पार्लियामेन्ट नेपाल संस्थाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा क्रियाकलाप युवाका सवालका विषयमा गर्दै आइरहेका छन्। 'जाऊँ गुरु' एपका प्रयोगकर्ताका लागि लोकेसन सेयर, जिपिएस ट्रयाकिङ, भुक्तानीका लागि खल्तीलगायतका अन्य अनलाइन पेमेन्ट सिस्टमबाट पैसा तिर्न सकिने र २४सैँ घण्टा कल सेन्टर सेवालगायतका सुविधाहरू रहेका छन्।

मोटरसाइकल र ट्याक्सी राइडर यस संस्था/एपसँग आबद्ध हुँदा र यात्रु चढाउँदा पनि कुनै शुल्क नलाग्ने, चालकका लागि राइडरले सजिलै दर्ता गर्न सकिने, राइडर र यात्रुका लागि बिमा, राइडर वा अरू जो-कोहीले रिफर गरेबापत कमिसन पाउने व्यवस्था, आपतकालीन सुरक्षाका लागि नेपाल प्रहरीको १०० वा आकस्मिक सम्पर्क व्यक्तिसम्म सूचना दिन एसओएस् (सेभ आवर सोल) सेवा पनि राखिएको छ। 

ad
ad