१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २९ शनिबार
  • Saturday, 29 June, 2024
२o७९ असोज २९ शनिबार १५:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

ठूलाे परिमाणमा पटका बरामद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज २९ शनिबार १५:४३:oo

महोत्तरीमा सशस्त्र प्रहरीले ठूलाे परिमाणमा पटका बरामद गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल नं. ९ गण हेडक्वाटर र सशस्त्र प्रहरी बल, नेपाल बिओपी सम्सीले छुट्टाछुट्टै उक्त पटका बरामद गरेको हो। 

सशस्त्र प्रहरीले दुई ठाउँबाट क्रमश ६७ हजार र ५५ हजारबराबरको पटका बरामद गरेको सशस्त्र प्रहरी बल, नेपाल नं. ९ गण हेडक्वाटरका एसपी दीपेन्द्र गिरीले बताए।

गणको टोलीले शनिबार बिहान मटिहानी नगरपालिका ९ हनुमान चोकबाट र बिओपी सम्सीको टोलीले सम्सीचोकबाट बरामद पटका नष्ट गरेको छ।

आउँदै गरेको तिहार र छडपर्वमा पटकासँगै अन्य सामग्री अवैध रूपमा नेपाल भित्रिने सम्भावना रहेकोले प्रहरीले चेक–जाँचमा कडाइ गरेको छ।

 

ad
ad
ad
ad