१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २८ शुक्रबार
  • Saturday, 28 September, 2024
२o७९ असोज २८ शुक्रबार १o:३२:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

धान रोप्ने वेलामा चाहिने मल पाक्ने वेलामा आइपुग्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज २८ शुक्रबार १o:३२:oo

विनामल नै रोपाइँ सक्न बाध्य भएका किसानले धान पाकेर भित्र्याउने समयमा भने बल्ल मल पाउने भएका छन् । रोपाइँको समयमा दिनभर लाइन बसेर पनि मल पाउन नसक्दा विनामल नै धान रोप्न बाध्य भएका थिए । धान रोप्ने र पसाउने वेलामा युरिया मल, डिएपी मलको आवश्यकता पर्छ । सोही समयमा किसानले मल नपाएर हैरानी व्यहोरेका थिए । तर, धान पाकेर भित्र्याउने वेलामा  प्रशस्त मल मौज्दात रहेको कृषि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनमा अहिले करिब आठ हजार मेक्ट्रिकटन युरिया मल मौज्दात छ । त्यस्तै, डिएपी मल ४३ हजार मेट्रिकटन र पोटास मल चार हजार तीन सय मेक्ट्रिकटन मौज्दात छ । रोपाइँको समयमा धेरै प्रयत्न गर्दा पनि मल ल्याउन नसकिएको कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलले बताए । उनले भने, ‘हामी जिटुजीको भर पर्‍यौँ, अर्कोतर्फ अन्तर्राष्ट्रियस्तरमै मलको अभाव भइदियो, मूल्य बढ्यो, सम्झौता गरेका कम्पनीबाट धोका भयो । यसले गर्दा धान रोप्ने वेलामा समस्या निम्तियो ।’ 

अहिलेको जति मल धान रोपाइँको समयमा आइदिएको भए किसानले विनामल नै रोपाइँ गर्नुपर्ने अवस्था नआउने नेपाल कृषक संघका अध्यक्ष नवराज बस्नेतले बताए । उनले भने, ‘चाहिएको मुख्य वेला मल ल्याउँदैन, जब अबका दिनमा कम मल खपत हुन्छ, त्यतिवेला मल मौज्याद रहन्छ, जसको अर्थ नै रहँदैन ।’

२७ हजार मेक्ट्रिकटन मल आउने क्रममा
साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि सामग्री कम्पनीले थप २७ हजार पाँच सय ८० युरिया र डिएपी मल ल्याउने चरणमा रहेको छ । त्यसमध्ये २० टन मल डिएपी रहेको छ । कृषि सामग्री कम्पनीले ३० हजार टन युरिया मल बन्दरगाह ब्यागिङ भई आउनेक्रम रहेको छ । त्यस्तै, साल्ट ट्रेडिङ कर्पोरेसनले ल्याउन लागेको मल २७ हजार पाँच सय ३० मेट्रिकटन मल टेन्डर भई खरिद सम्झौता हुने क्रममा रहेको र मंसिरको पहिलो हप्तासम्म आइसक्ने मन्त्रालयले जानकारी दिएको छ ।