
१३ दिनदेखि हुम्लाको सदरमुकाम सिमकोटमा विद्युत् अवरुद्ध भएपछि प्रमुख जिल्ला अधिकारी सीता परियार मर्मतमा आफैँ सहभागी भएकी छिन् । विद्युत् सेवालाई छिटोभन्दा छिटो सञ्चालन गर्न उनी आफैँ अवरुद्ध स्थलमा पुगेर काममा खटिएकी हुन् ।
वैकल्पिक उपाय निकालेर तत्काल विद्युत् सञ्चालन गर्न सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जिल्लास्थित राजनीति दल, हुम्ला उद्योग वाणिज्य संघ र गाउँपालिकाबाट श्रमदान गरी छिटो मर्मतका लागि जुटेको प्रमुख जिल्ला अधिकारी परियारले जानकारी दिइन् ।
दुई–तीन दिन नियमित काम गरी विद्युत् सञ्चालनमा ल्याउने प्रजिअ परियारको भनाइ छ । पहिरोले हिल्दुम साना लघु जलविद्युतमा ठूलो क्षति भएपछि १३ दिनदेखि हुम्लामा विद्युत् अवरुद्ध भएको छ ।